कंगोको पहिरोमा परी १० खानी कामदारको मृत्यु
एजेन्सी । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको दुई अस्थायी खानीमा भीषण वर्षापछि आएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् ।
दक्षिण किभु प्रान्तको फिजी एन्क्लेभमा बिहीबारदेखि शुक्रबार रातिको भारी वर्षापछि यो प्रकोप आएको स्थानीयहरूले बताएका छन् ।
पहिरोले सो क्षेत्रका दुईवटा सुन खानी स्थलमा क्षति पुगेको छ । अस्थायी खानीका १० जनाको मृत्यु, नौ जना घाइते, र बेपत्ता छन् । अधिकांश पीडितहरू कारीगर खानीका रहेका बताइएको छ । दुई खानी साइटहरूमा बारम्बार पहिो आउने गरेको बताइएको छ ।
दश जनाको मृत्यु भएको पुष्टि भएको र अन्य शव निकाल्ने खोजी टोलीले प्रयास गरिरहेको स्थानीय रेडक्रसका अधिकारी ओनेसफोर काबन्डिल्वाले बताएका छन् ।
अन्य शव निकाल्न खोजी टोलीले प्रयास गरिरहेको उनले बताएका छन् । डिसेम्बरको मध्यमा, मुसलधारे वर्षाको कारण आएको बाढीले देशको पश्चिममा रहेको राजधानी किन्शासामा एक सय ६० भन्दा भन्दा बढी मानिसको ज्यान गएको जनाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया