ब्राजिलको राष्ट्रपतिमा लुलाको ह्याट्रिक, सपथ लिँदा रोए
काठमाडौं (एजेन्सी) । लुइस इनासियो लुला डे सिल्भा तेस्रो पटक ब्राजिलको राष्ट्रपति बनेका छन् । गत वर्षको अक्टोबरमा सम्पन्न निर्वाचनमा जैर बोल्सोनारोलाई पराजित गर्दै लुलाले तेस्रो पटक राष्ट्रपतिमा जित निकालेका थिए ।
सन् २००३ देखि २०१० सम्म राष्ट्रपति बनेका उनले तेस्रो पटक सोही पदमा सपथ लिएका छन् । निकै उतारचढावपूर्ण राजनीतिक जीवन झेलेका लुला सपथ दौरान धेरै पटक भावुक बनेका थिए ।
सपथपछि बोल्दै उनले देशको पुनर्निर्माण गर्ने बताए । साथै पूर्ववर्ती सरकारले लिएको नीतिको आलोचनासमेत गरे ।
उनको सपथपूर्व संसद भवनबाहिर समर्थकहरूको बाक्लो भीड लागेको थियो । दुई ठूला स्टेजमा सपथपछि ६० भन्दा बढी कलाकारले प्रस्तुति दिएका थिए ।
लुला दिग्गज वामपन्थी नेता हुन् । उनी भ्रष्टाचार आरोपमा जेलसमेत परेका थिए । तर सन् २०२१ मा उक्त सजाय खारेज गरिएको थियो ।
यसअघि राष्ट्रपतिको जिम्मेवारीमा बोल्सोनारो रहे पनि उनी आफ्नो कार्यशैलीले निकै अलोचित रहे । उनी लुलाको सपथ ग्रहण समारोहमा समेत अनुपस्थित भएको बताइएको छ । त्यसलाई छल्न बोल्सोनारो शुक्रबार नै अमेरिका प्रस्थान गरेको बिबिसीले लेखेको छ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया