NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग निन्दनीय : प्रचण्ड-नेपाल

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललेले प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध बालुवाटारमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा क्रुरतापूर्वक बल प्रयोग गरेको भन्दै घटनाको निन्दा गरेका छन् । प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदमविरुद्ध सचेत समुदायले चालेको अग्रगमनको अभियानमा क्रुरतापूर्वक बल प्रयोग गरेकोप्रति उनीहरुले आपत्ति जनाएका हुन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरुले शान्ति पूर्ण यस्ता कार्यक्रममा हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन् ।