NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

अनियमितताको अखडा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरि को हुन् ?

काठमाडाैं । नेपालवाचले आज ४ असार बिहान ठिक ८ बजे मोवाइल सम्पर्क गर्दा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर विष्णु पोखरेल आन्दोलनमा निस्कने हतारोमा थिए । पोखरेललाई उनका सहकर्मीहरुले निर्धारित स्थानमा चाँडो आउन निम्त्याईरहेका थिए । त्यसैले पाँच/सात मिनेट कुरा गर्न नपाउँदै पोखरेल भन्दै थिए, ‘बाहिर साथीहरुले बोलाईरहनु भएको छ । पछि कुरा गरौंला ल ।’

डा. पोखरेल वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अर्थोपेडिक्स फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष हुन् । यस्ता फ्याकल्टी अध्यक्षहरुको कार्यकाल दुई वर्षको हुन्छ । त्यसैले पोखरेलको कार्यकाल पूरा हुन लागेको छ ।

प्राकृतिक नियम छ– शरीरमा घाउ छ । त्यो घाउमा पीप जम्यो । जमेको पीपलाई समयमा नै फुटाइएन भने बढ्दै जान्छ । त्यसले शरीरलाई केही समय असह्य पीडा दिन्छ । अन्त्यमा पीप आफैंले निकासको ठाउँ यसरी जबरजस्ती खोजिरहेको हुन्छ कि सानो सिन्कोले घोचे पनि फुट्न बाध्य हुन्छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसबेला यही प्राकृतिक नियम लागू भइरहेको छ । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भ्रष्टाचार थुप्रो लाग्यो । त्यसलाई बढार्नुपर्‍यो’ भनेर त्यहाँ कार्यरत डाक्टर, नर्स, कर्मचारी, विद्यार्थीहरुको ठूलो समूहले लामो समयदेखि माग गर्दै आएका थिए ।

प्रतिष्ठानका उपकुलपति, रेक्टर, विभागीय प्रमुखलगायतले उनीहरुका माग पुरा गर्ने, सेवा सुविधा बढाउने आश्वासन पनि दिने गरेका थिए । तर, ति बाचा कहिल्यै पुरा गरेका थिएनन् । अतिले खति गर्छ, त्यतिकै भनिएको होइन । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता अति भएकाले सिन्कोको जरुरी परिसकेको थियो । त्यो सिन्कोको काम डा. पोखरेलले गरिदिए ।

अर्थात आफ्नो कार्यकाल अरुलाई हस्तान्तरण गर्नु अघि डा. पोखरेलले अस्ति २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नम्वरमा एसएमएस लेखे, ‘नमस्ते, BPKIHS मा भ्रष्टाचारले ज्यान लिने, अख्तियार तमासा हेर्ने कहिलेसम्म ?’
पोखरेलले प्रमुख आयुक्त राईलाई लेखेको यो एसएमएस आफूमा मात्र सिमित राखेनन् ।

याे पनि पढ्नुहाेस्

काठमाडौं मेडिकल कलेज फेरि किनबेच हुँदै !

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फ्याकल्टीभित्र बनाइएको समूहमा समेत सेयर गरि दिए । पोखरेलले प्रमुख आयुक्त राईलाई अर्को एसएमएस पनि लेखे, ‘I send following SMS. what about you ? सर नमस्कार, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनियमितता र भ्रष्टाचार सम्वन्धी उजुरीहरुको प्राथमिकताका साथ छानविन तथा कारबाही गर्नु होला । एउटा राष्ट्रिय गौरवको प्रतिष्ठान धराशायी बन्दैछ । केही गर्नुहोस् । धन्यवाद । Save BPKIHSU’ । पोखरेलले राईलाई लेखेको दोस्रो एसएमएस समेत समूहमा सेयर गरे ।

कानूनतः आफूले प्राप्त नगरेको पद लेखेमा २ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । डा. गिरिले आफू प्राध्यापक रहेको पुष्टि गर्न सकेनन् र सरकारले कानून अनुसार कारबाही गर्‍यो भने उनलाई जेल सजायसमेत हुनसक्छ । तर, डा. गिरिमाथि कानूनी कारबाही हुनेमा उनी निकटहरु शंका व्यक्त गर्छन् ।

भनिन्छ, ‘कुनै पनि मानिसलाई परीक्षण गर्नु छ भने उसले नरुचाउने, मन नपराउने कुरा गरिदिनुस् ।’ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति डा. ज्ञानेन्द्र गिरिका हकमा पनि यही सत्य लागू भयो । उनी त्यस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाईरहेको भ्रष्टाचारको कुरा उठोस् भन्ने चाहदैनथिए । गिरिले जुन कुरा चाहँदैन थिए, पोखरेलले त्यही“ कुरा उठाई दिएपछि उनको कन्परो तातिनु स्वभाविकै थियो ।
पोखरेलका अनुसार उपकुलपति गिरिले उनलाई आफ्नो कार्यकक्षमा बोलाएर केही पनि बुझेनन् । एसएमएस लेखेर आफ्नो समूहबीच सार्वजनिक गरेको छैटौ दिन एकै पटक पोखरेललाई स्पष्टीकरण पत्र पठाए । ‘त्यो स्पष्टीकरण सोध्दा पनि उहाँ (उपकुलपति गिरि) ले प्रकृयागत त्रुटी गर्नु भएको थियो । कार्यालयको लेटर प्याड, छाप बिना नै पर्सनल आइडीबाट पठाउनु भएको थियो’, डा पोखरेल भन्छन्, ‘पछि मात्र कार्यालयका एक जना कर्मचारीलाई मेरो रुममा अफिसियल लेटर पठाउनु भएको थियो ।’

याे पनि पढ्नुहाेस्

नेपाल मेडिकल कलेज खरिद गर्न तीन व्यापारीको होडबाजी

बस्, भुसको आगो झैं भ्रष्टाचार फैलिइरहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बहाना चाहिएको थियो । उपकुलपति गिरिले डा. पोखरेललाई स्पष्टीकरण सोधेको सार्वजनिक भएपछि अस्ति १ असारबाट त्यहाँका डाक्टर, नर्स, कर्मचारी, विद्यार्थी सबै आन्दोलनमा उत्रिएका छन् । जुन आन्दोलन यो स्टोरी तयार पार्दासम्म जारी छ । १ असार बिहानैदेखि पानी परिरहेको भएपनि डाक्टर, कर्मचारी, विद्यार्थीहरुले छाता ओडेर आन्दोलन सुरु गर्दै र्‍याली निकालेका थिए ।

रोचक के भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले डा. पोखरेलले लेखेको एसएमएसलाई गम्भीरतापूर्वक लिए । र, अख्तियारको प्रदेश नं. एकको कार्यालय इटहरीबाट जनशक्ति परिचालन गरी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कागजातहरु नियन्त्रणमा लिएका छन् । यसले आन्दोलनरत पक्षलाई आफ्नो माग सम्बोधन हुन्छ भन्नेमा आत्मविस्वास बढाएको छ ।


को हुन् डा. गिरि ?

गिरि बिराटनगरमा नाम चलेका कार्डियोलोजिष्ट हुन् । उनले पूर्वकै तत्कालीन कोशी अञ्चल अस्पतालमा लामो समय काम गरेका थिए । डा. गिरि ०६१ मा काठमाडौं विश्वविद्यालयबाट सम्वन्धन पाएर बिराटनगरको कञ्चनबारीमा सञ्चालनमा आएको नोबेल मेडिकल कलेज सञ्चालक मध्येका एक हुन् । नोबेल मेडिकल कलेज सञ्चालनमा आउँदा गिरिले खासगरी प्रशासन हेर्दथे । कलेज सञ्चालनमा आएको लामो समय नबित्दै ०६४ को सुरुवाततिरै लगानीकर्ताहरुबीच ठूलो रडाको मच्चियो ।

याे पनि पढ्नुहाेस्

मुलुकको स्वास्थ्य प्रणाली नै ‘कोल्याप्स’ !

नोबेल मेडिकल कलेज विराटनगरका लगानीकर्ताहरु डा. ज्ञानेन्द्र गिरी, नवराज पाण्डे, आदित्य खनाल, उमेश पाण्डे र डा. सुनिल शर्माहरुबीच रडाको मच्चिएको थियो । त्यसबेला भर्खरै सशस्त्र द्धन्द्ध परित्याग गरेर शान्ति प्रकृयामा सहभागी भएको नेकपा (माओवादी) को जगजगी थियो । नोबेल मेडिकल कलेजका सञ्चालक मध्येका एक डा. सुनिल शर्माले माओवादी नेताहरुस“ग राम्रो पहुँच विस्तार गरेका थिए ।

खासगरी ०६१–०६३ मा शर्माले घाईते माओवादी लडाकुहरूलाई कलेजमा उपचार गरिदिएर त्यस पार्टीका कार्यकर्तादेखि नेताहरुसम्म गतिलो सम्वन्ध बनाएका थिए । त्यही सम्वन्धलाई प्रयोग गर्दै माओवादी नेता वर्षमान पुन, डा. शर्मालगायतले डा. गिरि. पाण्डे, खनाललाई छलफलका लागि भनेर काठमाडौंमा निम्त्याए । नोबेल मेडिकल कलेजको लगानीबारे छलफल गर्न भनेर डा. गिरिहरु १८ मंसिर २०६४ मा हवाईजहाजमार्फत काठमाडौं विमानस्थलमा उत्रिए ।

यसबेलासम्म माओवादी नेता पुन, माओवादीको लडाकू संगठन वाईसीएसका भ्याली ब्यूरो इन्चार्ज चन्द्रबहादुर थापा ‘सागर’, डा. शर्माहरुबीच ‘अर्कै सल्लाह’ भइसकेको थियो । डा. गिरिहरुलाई विमानस्थलबाटै नियन्त्रणमा लिएर नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड निवास नया“बजार होइन कि काभ्रेको बन्थली पु¥याएर मानसिक, भौतिक यातना दिएर २७ घण्टापछि मात्र मुक्त गरियो ।

यसपछि नोबेल मेडिकल कलेजको सेयर डा. शर्मालाई नै बेचेर/सुम्पिएर डा. गिरि त्यहाँबाट बाहिरिएका थिए । नोबेल कलेजबाट बाहिरिएपछि गिरि बिराटनगरकै बिराट नर्सिङ होममा काम गर्न थाले भने अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीका भाइले बिराटनगरमै सञ्चालनमा ल्याएको अर्को बिराट मेडिकल कलेजमा अध्यापन पनि गराउँथे ।

०७४ को निर्वाचनसम्म आइपुग्दा डा. सुनिल शर्मालाई नेपाली कांग्रेसले मोरङको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको उम्मेदवार बनायो । शर्मा कांग्रेस नेता डा. शेखर कोइरालाका दाहिना मानिन्छन् । उनै कोइरालाले शर्मालाई टिकट दिलाएका थिए । डा. गिरि कांग्रेसको खान्दानी परिवारमै जन्मेहुर्केका हुन् । त्यसैले उनी आफूलाई जन्मजात कांग्रेस ठान्दथे ।

याे पनि पढ्नुहाेस्

‘३० प्रतिशत कर तिरेर पनि यो देशमा गरिखान नपाइने ?’

एमाले/माले हुँदै कांग्रेस भएका शर्माले टिकट पाएपछि गिरि असन्तुष्ट हुनु स्वभाविकै थियो । त्यसमाथि १० वर्ष अघि ०६४ मा शर्माले आफ्नो सेयर बलजफ्ती लिएको तुष पनि गिरिमा छँदै थियो ।

त्यसैले निर्वाचनमा उनी तत्कालीन नेकपा (एमाले) का पक्षमा उभिए । मोरङ क्षेत्र नं. ३ मा एमालेका उम्मेदवार केपी ओलीका विस्वास पात्र भानुभक्त ढकाल उठेका थिए । निर्वाचन जित्न ढकाललाई डा. गिरि जस्ता पात्र चाहिएकै थियो । जानकारका अनुसार गिरिले आफूलाई वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाउन बिराटनगरका कांग्रेस नेताहरुसँग बारम्बार आग्रह गरेका थिए । तर, कांग्रेस नेताहरुले मानिरहेका थिएनन् ।

यही मौकामा डा. गिरि ढकालको चुनावी अभियानमा खुलेरै लागे । परिणाम, मोरङ ३ बाट ४२ हजार ४ सय १३ मत पाएर ढकाल विजय भए भने निकटतम् प्रतिद्धन्द्धी शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरे । ढकाल र शर्माबीच १९ सय ७ मत अन्तरले हारजित भएको थियो । प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारमा ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाए ।

त्यसको केही समयपछि ढकालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भयो । आफू स्वास्थ्य मन्त्री भएका बेला करिब एक वर्ष अघि ढकालले निर्वाचनमा सहयोग गरेका डा. गिरिलाई धरान घोपास्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गरेका थिए । गिरि नियुक्त हुनु अघि देखि ने वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचारले गनाई रहेको थियो । उनी उपकुलपति भएपछि भ्रष्टाचारको त्यो दुर्गन्ध अझ् बढोत्तरी भयो ।

आन्दोलनरत पक्षले यसबेला भ्रष्टाचारबाहेक उपकुलपति गिरिको शैक्षिक योग्यतामा समेत प्रश्न उठाएका छन् । जसमा गिरि अहिलेसम्म मौन छन् । गिरिले आफ्नो नामको अघि प्राध्यापक डाक्टर लेख्दै आएका छन् । तर, उनले कहा“, कहिले चिकित्सा विद्यार्थीहरुलाई पठाएर प्राध्यापक उपाधि पाए भन्ने खुलेको छैन । चिकित्सा विज्ञान अध्यापन गर्नेहरुलाई नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलले मात्र प्रध्यापकको उपाधि दिँदै आएको छ ।

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एशोसियट प्रोफेसर समेत रहेका डा. पोखरेलका अनुसार डा. गिरिले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र एनएमसी (नेपाल मेडिकल काउन्सिल) बाट प्राध्यापकको उपाधि नपाएको पुष्टि भएको छ । एक समय उनस“गै बिराटनगरस्थित बिराट नर्सिङ होममा कार्यरत एक डाक्टरका अनुसार डा. गिरि राम्रो कार्डियोलोजिष्ट हुन् । तर, उनले चिकित्साशास्त्रका विद्यार्थीहरुलाई अध्यापन गरेर प्राध्यापकको उपाधि पाएको जानकारी भने उनलाई छैन ।

कानूनतः आफूले प्राप्त नगरेको पद लेखेमा २ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । डा. गिरिले आफू प्राध्यापक रहेको पुष्टि गर्न सकेनन् र सरकारले कानून अनुसार कारबाही ग¥यो भने उनलाई जेल सजाय समेत हुनसक्छ । तर, डा. गिरिमाथि कानूनी कारबाही हुनेमा उनी निकटहरु शंका व्यक्त गर्छन । किनभने गिरिले सरकारलाई ‘हरतरह’ ले सहयोग गरिरहेका छन् ।

याे पनि पढ्नुहाेस्

माफियाका हातमा मेडिकल शिक्षा : विद्यार्थी–अभिभावकलाई ठग्ने, अभियन्तालाई धम्क्याउने मालामाल, इमान्दार सञ्चालक मेडिकल कलेज नै बेच्न बाध्य

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८, १४:३७:००