NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ३ गते

१५ दिनभित्रै पार्टी एकीकरण सम्भव छैन : एमाले

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टी एकीकरण गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । शुक्रबार पार्टीका तर्फबाट प्रेस विज्ञप्ति निकाल्दै एमालले यस्तो निष्कर्ष सार्वजनिक गरेको हो ।०७५ जेठ ३ मा पूर्वमाओवादी केन्द्र र पूर्वएमाले एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । तर २३ फागुज ०७७ मा सर्वोच्च अदालतले नेकपाको आधिकारिकता अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’मा नै नरहेको फैसला गरेपछि साविकका माओवादी केन्द्र र एमाले एकीकरण हुनु अगाडिको अवस्थामा पुगेका छन् । फैसलाको एकदिनपछि निर्वाचन आयोगले नेकपाबाट एमाले र माओवादी केन्द्र अलग्गिएकाले पुनः एकीकरण गर्ने भए पार्टीको नामसहित आवश्यक रीत पु¥याएर १५ दिनभित्र आयोगमा आउन सूचित गरेको थियो । आयोगको सोही सूचनाबारे एमालेले आज विज्ञप्ति जारी गर्दै १५ दिनभित्र पार्टी एकीकरण गर्न नसकिने बताएको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक आयोजना गरेको थियो । सो बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओलीले विगतमा गरेका गल्तीको आत्मसमीक्षाको भावना साथ पार्टीको काममा क्रियाशील हुन केन्द्रीय सदस्यहरुलाई आह्वान गरेको वक्तव्यमा उल्लेख छ । रामबहादुर थापा ‘बादल’ सहित पूर्वमाओवादीबाट नेकपाहुँदै एमालेमा रहेका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनित गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ । ‘अर्को व्यवस्था नहुँदासम्म मातहतका कमिटीहरुलाई पूर्ववत् क्रियाशील राखिने छ,’ विज्ञप्तिमा भनिएको छ । बैठकले प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए सो हस्ताक्षर फिर्ता पनि बैठकले निर्णय गरेको वक्तव्यमा उल्लेख छ । एमाले ब्यँतिएपछि यहाँसम्म आइपुग्दा पार्टीमा विभिन्न नेताको व्यवस्थापनमा समय खर्च भएको बताउँदै अध्यक्ष ओलीले सबै नेतालाई जनताको समस्यामा केन्द्रित हुन निर्देशन दिएको बताइएको छ । आजको बैककको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका थिए । नेकपा एकीकरण भएपछिको लगभग तीनवर्षसम्म पार्टीको महासचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हालेकोमा बैठकमा सहभागीहरुले पौडेललाई धन्यववाद ज्ञापन गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष