NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बारबर्दियाका जनताको बदलिएको जीवनस्तर

काठमाडाैं । कार्यकाल सकिनै लाग्दा नगरपालिकाको विकासको अवस्थाबारे बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु (कविर)सँग नेपाल वाचकर्मी शकुन्तला जोशीले गरेको संवादको सार प्रस्तुत छः

बर्दिया भनेपछि झट्ट सम्झिहाल्ने नाम हो बर्दिया राष्ट्रिय निकुञ्ज । विभिन्न संरक्षित पशुपंक्षी हेर्न, जंगल, तालतलैया घुम्न यहाँ देश विदेशबाट पर्यटक आइपुग्छन् । यही निकुञ्जको प्रवेशद्वार चाहीँ बारबर्दिया नगरपालिकासँग जोडिएको छ ।
लामो समय स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदाको प्रभाव यस क्षेत्रमा पनि स्वभाविक थियो ।

No description available.

पछिल्ला वर्ष विकासको कछुवा गतिमा हिँडिरहेको यस क्षेत्रलाई बनाउन पालिका र नगरबासीबीच बलियो साझेदारी भएको छ ।

यो थारु बाहुल्य क्षेत्र हो । अहिले नगरपालिकालाई विकासको गति दिन जुटेका छन् नगरप्रमुख दुर्गाबहादुर थारु (कविर) । उनका अनुसार पाँच वर्षे कार्यकाल सकिनै लाग्दा नगरबासीको जीवनस्तर प्रस्ट चित्रमा देखिने गरी रुपान्तरण भएको छ ।

उनी भन्छन्, ‘जनताहरू प्रश्न गर्न सक्ने भएका छन्, सामूहिक विकास र हितका खातिर हातमालो गर्न जागरुक भएका छन् । धेरैजसो आफ्नै ठाउँमा स्वरोजगार बनेका छन् । हिजो चरम गरिबीको शिकार भएर बाँच्दै आएका जनसाधारणको अहिले कमसेकम आफ्नै उत्पादनले बाँच्ने आधार तयार भएको छ । यी आधार तयार गर्न नगरपालिकाले निरन्तर प्रयत्न गर्‍यौं र अहिले पनि भइरहेको छ ।’

No description available.

फेरिँदै धुलाम्मे सडकको अनुहार

नगर क्षेत्रको विकास गर्न, यहाँका जनताको जीवनस्तर उठाउने प्रयत्नको श्रेय नगरप्रमुख एक्लै लिन चाहँदैनन् । उनलाई लाग्छ, वर्तमान समयमा एक्लो सारथी बन्ने प्रयत्न गरे सफलता हासिल हुँदैन । हजारौं सहयोद्धासँगको सहकार्यमा जनयुद्ध लडेर आएका उनी ‘टीम वर्क’मा विश्वास गर्छन् । उपप्रमुख अञ्जु दहित, प्रमुख कार्यकारी अधिकृत दशरथ बुढासहित पदाधिकारी र कर्मचारीको सामूहिक प्रयत्नले पालिकाले विकासको खुट्किलो चढेको हो ।

नगरपालिका बन्नु अघिसम्म यहाँका धेरै वस्ती सडक सञ्जालमा जोडिएका थिएनन् । भएका बाटाहरू धुलाम्मे हुन्थे, वर्षा याममा हिँडिनसक्नु ! नगरप्रमुख बन्दा सबैभन्दा पहिले जनतालाई कमसेकम नगर केन्द्रसँग जोड्ने सपना पालेका थिए दुर्गाबहादुर थारुले । अहिले ११ वटै वडालाई नगरस्तरीय गौरवका योजनाका रुपमा पक्की सडक सञ्जालले जोडिँदै छ ।

हाल सातवटा सडक स्तरोन्नति गरी धमाधम कालोपत्रे हुँदै छ । ती सडकमा पर्ने कलभर्ड, पुलहरू बनिसकेका छन् । ती सडकले ११ वटै वडा केन्द्रलाई नगर केन्द्रसँग जोडेका छन् । उनका अनुसार सर्वाङ्गीण विकासको आधारभूत संरचना भौतिक पूर्वाधारका क्षेत्रमा यसबीच पालिकाले प्रसस्तै काम गरेको छ । विद्यालय, अस्पताल, वडा कार्यालय, स्वाथ्य चौकी, नगर अस्पताल, सामुदायिक सभा हललगायत भवनहरू निर्माण गरिएका छन् ।

दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी देशभित्रै स्वरोजगार बन्न प्रेरित होउन् भन्नका खातिर पालिकाकै पहलमा शहिद विष्णुधनी बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याइएको छ । यसका लागि भवन पनि बनिसकेको छ । हाल वन विज्ञानको स्नातक तहको दोस्रो व्याजसम्मको अध्यापन चलिरहेको छ । ८० जना विद्यार्थी पढिरहेका छन् ।

शिक्षामा १० वर्षे गुरुयोजना

शिक्षाबाट वञ्चित भएकै कारण यहाँका जनता पिछडिएको नगरप्रमुख थारुको निक्र्योल थियो । बारबर्दिया नगरपालिका २०७५ सालमै ‘अनिवार्य आधारभूत शिक्षा सुनिश्चित’ कार्यक्रम लागू भएको पहिलो जिल्ला हो ।

तत्कालीन शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको उपस्थितिमा घोषणा गरिएको थियो । शिक्षाका समग्र विकास गर्न दश वर्षे गुरुयोजना बनाएर विविध कार्यक्रम लागू हुँदैछन् ।

गुरुयोजना अन्तर्गत १० वर्षमा नगरबासीको शैक्षिक गुणस्तर प्रविधियुक्त हुनुपर्ने, अनुशासन र नैतिकतासहितको र दक्ष जनशक्ति निर्माण गर्ने मुख्य लक्ष्य तय गरिएको छ । नगरपालिकाकै पहलमा निर्मित संरक्षण केन्द्रमा असहाय, अनाथ बालबालिका राखिएको र तिनलाई पनि पढाइरहेको छ ।

पालिकाभित्रै सिकलसेल रोगको पहिचान र उपचार

स्वास्थ्य सेवा प्रवाहमा पनि नगरपालिकाले तदारुकताका साथ काम भएको छ । बारबर्दियाका सबै वडामा प्रसुति सेवासहितको सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ । नगर केन्द्रमा आरसी मेमोरियल नगर अस्पताल निर्माण भएको छ ।

थारु जातिमा देखिने वंशाणुगत रोग ‘सिकलसेल एनेमिया’को उपचार केन्द्र पनि स्थापना भएको छ । पालिकाले सिकलसेल रोग पहिचान, नियन्त्रण र रोकथाम सम्बन्धी दुई वर्ष अभियान चलायो ।

पालिकाभित्रका नेपाल स्वास्थ्य अनुसन्धान परिषदको समन्वयमा एक वर्षदेखि २९ वर्ष उमेर समूहका सम्पूर्ण थारुहरूको पालिकाकै पहलमा रक्त परीक्षण गरिएको छ ।

नगरप्रमुख थारु भन्छन्, ‘यो रोगको पहिचान नहुँदा यसअघि यस समुदायका धेरैले समस्या झेल्नुपरेको थियो । हाल रोगको पहिचान गरी उपचार अघि बढाइएको छ ।’ यो पूर्ण खोप घोषित नगरपालिका पनि हो ।

यहाँका धेरै जनता कृषि पेशामा आश्रित छन् । धान उत्पादन हुने यस क्षेत्रमा पालिकाकै पहलमा मसिना धान प्रशोधन उद्योग स्थापना भई यसैपालीदेखि सञ्चालनमा आएको छ । सुँगुर पाल्नु थारु समुदायको परम्परागत पेशा हो ।

यो पेशालाई व्यावसायिकरण गर्न नगरपालिकाले ‘पीग मिसन’ कार्यक्रम सञ्चालन गरेको छ । दुग्घ उत्पादकहरूका लागि दूध चिस्यान केन्द्र स्थापना गरेको छ । माछा, बाख्रा, कुखुरा ब्लकहरू बनेका छन् । केरालगायत नगदै बाली, पशुपंक्षीका पकेट क्षेत्र बनेका छन् ।

घुमफिरको केन्द्र सत्खलुवा ताल

नगर क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न पनि पहल भएका छन् । यसैक्रममा यहाँको ऐतिहासिक सत्खलुवा सिमसार ताल संरक्षण गरिएको छ, यसमा पर्यटकीय केन्द्र बनेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सत्खलुवा ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । खासगरी गर्मी याममा तालमा डुंगा सयर गर्न पुग्छन् ।

ठाउँ–ठाउँमा पार्क बनाइएका छन् । जनयुद्धमा बेपत्ता पारिएका योद्धाहरूको सम्झनामा ‘बेपत्ता योद्धा स्मृति पार्क’ बनाइएको छ । बेलभारमा थारु नमुना गाउँ छ । बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेशद्वार पनि नगरपालिकाले नै बनाएको छ । घुमफिरका लागि यता पुग्नेले होमस्टेमा बास बस्दै थारु संस्कृतिको बोध गर्न पनि पाउने छन् ।

No description available.

नगर क्षेत्रभित्रै राष्ट्रिय गौरवको योजना सुरु भएका छन् । संघीय सरकारको ठूलो लगानीमा बबई नदी जनता सुरक्षा तटबन्ध निर्माण गर्दै छ । यहाँ पनि स्थानीय रोजगार भएका छन् ।

कार्यकाल सकिनै लाग्दा नगरप्रमुख थारु भन्छन्, ‘प्रदेश र संघीय सरकारबाट समन्वय राम्रै पाएको । वित्तिय प्रणाली नबुझेको कसैलाई अप्ठ्यारो परेको हुनसक्छ, हामीलाई भने समस्या परेन । पाँच वर्षको बीचमा धेरै परिवर्तन भएको छ । आय आर्जन वृद्धि भएको छ । जीवनस्तर माथि उठेको छ । हिजो फुसको छाना भएकाले जस्ता हालेका छन् । जस्ता हालेकाले लेन्टर गरेका छन् । वस्तीहरूको रुपरंग बदलिएको छ । भोली फेरि जिम्मेवारीमा रहँुला नरहुँला, तर म यहाँको जनताको सेवामा सँधैं हुने छु ।’

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८, २१:१७:००