NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

विदेशका सडकलाई ओछ्यान बनाएका कृष्ण कुखुरा पालेर करोडौंका मालिक

त्यति बेला विदेश गएर श्रम र सीप बेच्ने लहर चलिसकेको थियो । वरिपरिका साथी–सर्कल विदेश हेलिइसकेको र यता कुनै इलम नमिलेकाले उनलाई पनि त्यतैतिर जाऊँ, जाऊँ भइरहेको थियो ।

यस्तै मनोदशामा अल्झिरहेका बेला नेपाल फुड एण्ड मिट प्रोडक्सन कम्पनीका सञ्चालक कृष्ण श्रेष्ठलाई बेलायतबाट आफन्तले फोन गरेर सोधनी गरे– के गर्दैछौं ?

धक नमानी गुनासो पोखे– खासै केही छैन । विदेशको चाँजोपाँजो मिले उतै जाने सोचमा छु ।’

आफन्तले उताबाट उकेरा हालिहाले–वर्किङ भिसामा बेलायत आऊ । मेरो रेस्टुरेन्टमा कामदार चाहिएको छ । यतै आऊ ।’

रोजगारीका लागि पखेटा हालिरहेका कृष्णलाई ढुंगो खोज्दा देउता मिलेजस्तो भयो । चानचुने होइन, बेलायतबाटै प्रस्ताव आएपछि उनी उत्साहित भए ।

‘बेलायतमा रहेका आफन्तले वर्किङ भिसामा आऊ, काम दिन्छु भनेपछि मेरो मन संसार नै जितेजस्तो गरी फुरुंग उड्यो,’ कृष्ण नोस्टाल्जिक सुनिए ।

बेलायतका लागि भिसा आयो । उनी आफ्नो परिवार र देशलाई छाडेर सात समुन्द पार गर्दै बेलायत पुगे ।
उनलाई लागेको थियो– बेलायत आइपुगेँ । अब धीत मर्नेगरी पैसा कमाउने छु । पूरा हुन नसकेका ‘सपना’लाई सरप्राइज दिनेछु ।

३–४ महिना त्यहाँ काम गरे । तर उनको उत्साह धेरै समय टिकेन । आर्थिक नोक्सानीका कारण आफन्तको रेस्टुरेन्ट बन्द भयो ।

एउटा आहान छ–जहाँ गाह्रो, त्यहाँ साह्रो । कृष्णलाई त्यस्तै आपत् आइलाग्यो । रेस्टुरेन्टबाट निकालिएर तनावमा परिरहेका बेला प्रवेशाज्ञा (भिसा) को म्याद पनि सकियो ।

अरूका लागि यो एउटा स्वभाविक प्रक्रिया थियो । तर उनका लागि टाउकोमा घन बजारेजस्तो भयो ।

अरूका लागि यो एउटा स्वभाविक प्रक्रिया थियो । तर उनका लागि टाउकोमा घन बजारेजस्तो भयो ।

‘आफन्तको रेस्टुरेन्ट बन्दको समाचार नेपालमा भएको भए एउटा सामान्य घटना हुन्थ्यो । तर आफ्नो भविष्यसँग जोडिएकाले टाउकोमा घन बजारेजस्तै पीडादायक भयो,’ कृष्णले बिर्संनलायक त्यो अतीत सम्झिए ।

त्यसपछि त उनको दुःख र कष्टको महाभारत सुरु भइहाल्यो । आफन्तले संरक्षण दिएनन् । अन्यत्र काम गर्न भिसा थिएन।

उनी सडकमा पुगे ।

त्यो घटनालाई कृष्ण जीवनमा आइपरेको अहिलेसम्मकै ठूलो धर्मसंकट भन्न रुचाउँछन् । झण्डै सात दिन सडकलाई ओछ्यान र खुला आकाशलाई ओड्ने बनाएको कृष्ण सुनाउँछन् ।

त्यो घटनालाई कृष्ण जीवनमा आइपरेको अहिलेसम्मकै ठूलो धर्मसंकट भन्न रुचाउँछन् । झण्डै सात दिन सडकलाई ओछ्यान र खुला आकाशलाई ओड्ने बनाएको कृष्ण सुनाउँछन् ।

स्वदेशमा भए कसैले सोधनी गर्दो हो, ‘बाबु के भएर सडकमा बस्यौं । तिमीले के खायौं ।’

तर त्यो बिरानो मुलुकमा उनलाई न कसैले खान दियो, न सोधनी नै ग-यो ।
धन्न, खल्तीमा पैसा थियो र सुत्नजस्तो समस्या परेन ।

झण्डै एक साता त्यसरी नै बेलायतमा गुजारेको र त्यसपछि चिनेका दाजुहरूको सहायताले त्यो संकटबाट मुक्त भएर बेलायतमा ३ वर्ष संघर्ष गरेको कृष्ण सुनाउँछन् ।

त्यसपछिका दिनमा पनि उनी कहिले दुबई पुगे त कहिले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तान । त्यहाँ उनी ३ वर्ष बसे । यो दौरानमा भोगेका हण्डर, ठक्कर अनि भुक्तमान बेहिसाब छन् ।

त्यसपछिका दिनमा पनि उनी कहिले दुबई पुगे त कहिले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तान । त्यहाँ उनी ३ वर्ष बसे । यो दौरानमा भोगेका हण्डर, ठक्कर अनि भुक्तमान बेहिसाब छन् । व्यावसायिक सफलताबाट करोडौंका मालिक बनेका कृष्ण आफैंलाई अहिले ती संघर्ष सपनाजस्ता लाग्छन् ।

भनिन्छ, कोशौं गुल्टिँदा गुल्टिँदा खँदिलो बन्छ ढुंगा । मानवले भोग्ने हण्डर, ठक्कर पनि नदीमा ढुंगाले भोगेजस्तै एउटा गुल्टाइ ठान्छन् कृष्ण । त्यही गुल्टाइले उनको आँखा खुल्यो । उनी स्वदेशमा केही गर्ने सच्चाइ बोकेर झण्डै एक दशकको विदेशयात्रा बिट मारेर स्वदेश फर्किए ।

यो एक दशकअघिको कुरा हो ।

घुम्दा–घुम्दै पोल्ट्रीमा

विदेशबाट फर्किए पनि सुरुमा कृष्णलाई पोल्ट्री (कुखुरापालन) को सोच फुरेकै थिएन । बरू उनलाई विदेशबाट चामल आयात गरेर नेपालमा बिक्री गर्ने भूत चढेको थियो ।

तीन वर्ष उनले भारतबाट चामल आयात गरेर नेपालीको भान्छामा पु-याए । भोक म-यो तर पैसाको धीत मरेन ।

त्यसको विकल्पबारे कृष्ण सोच्दै थिए । मनभित्रै द्वन्द्व थियो । एक मनले भन्दै थियो, फेरि विदेश जाऊ । तर त्यति ठूलो दुःख भोगेर हत्तु भएको ठाउँमा फेरि कसरी फर्कंनु । अर्को मनले फिटिक्कै अनुमति दिएन ।

भाइले रामपुरमा जग्गा प्लटिङ गरेका थिए । बेलाबेला उनीसँगै टहलिन पुग्थे । त्यही क्रममा उनलाई त्यहाँ पालिएको कुखुराले लोभ्यायो । मनमा हुटहुटी जाग्यो– मैले पनि कुखुरापालन गरे कसो होला ?

मनमा टुसाएको त्यही सोचले छिट्टै आकार लियो । तर एक्लै गर्ने हिम्मत नै आएन । उनीजस्तै ३/४ जना मिलेर २ हजार ब्रोइलर कुखुरा खोर बनाएर हुले ।

पहिलो लटको कुखुराले खल्तीमा मुनाफा हालिदियो । केही समय साझेदारीमै यो काम अघि बढ्यो । पछि अलग अलग गर्ने सोच आयो ।

पहिलो लटको कुखुराले खल्तीमा मुनाफा हालिदियो । केही समय साझेदारीमै यो काम अघि बढ्यो । पछि अलग अलग गर्ने सोच आयो । सहमतिमै उनीहरू छुट्टिए ।

दुई हजार बोइलर कुखुरापालनबाट यो क्षेत्रमा प्रवेश गरेका उनले संख्या बढाउँदै बढाउँदै लगे । अहिले खोरमा ६५ हजार लेयर्स छन् । आगामी दिनमा यसलाई अझै बढाएर एक लाख पु-याउने सोच कृष्णको छ ।

‘अहिले मेरा फार्ममा ६५ हजार लेयर्स छन् । त्यसलाई अझै बढाएर एक लाखसम्म पु-याउने सोच छ,’ फरासिला कृष्णले भावी योजनाको पोको सरक्क फुकाए ।

यही मेसोमा हामीले कृष्णलाई सोधिहाल्यौं– यो व्यवसाय कतिबाट सुरु गर्नु भएको हो ? कृष्णका अनुसार, उनले सुरुमा १० लाख मात्र लगानी गरेका थिए रे । अन्य लगानीचाहिँ उनले पछि थप्दै गए । तर त्यही कुखुराको आम्दानीबाट ।

कृष्णले १० लाखको थैलीबाट सुरु गरेको व्यवसायको ढुकुटी अहिले कतिको भयो होला ? प्रसन्न मुद्रामा कृष्णले हिसाब सुनाए– त्यही १० करोड जति पुग्यो होला ।

मिहिनती कृष्णले हासिल गरेको सफलता देखेर चिन्नेहरू अचम्मित छन् । अधिकांशले एउटै प्रश्न दोहो-याउँछन्, ‘फलानोले कुखुरामा गरेको लगानी डुबायो । तिलानो ऋणमा डुबेर परदेश भास्सियो । तिमीले कसरी छलाङ हान्यौं ?’

मिहिनती कृष्णले हासिल गरेको सफलता देखेर चिन्नेहरू अचम्मित छन् । अधिकांशले एउटै प्रश्न दोहो-याउँछन्, ‘फलानोले कुखुरामा गरेको लगानी डुबायो । तिलानो ऋणमा डुबेर परदेश भास्सियो । तिमीले कसरी छलाङ हान्यौं ?’
तिनलाई कृष्णले दिने एकसरो जवाफ छ– धैर्यता ।

कृष्णका अनुसार, केही हजार कमाउन विदेश जानै पर्दैन । त्यहाँ हुने कमाइ यही परिवारसँग बसेर सजिलै आर्जन गर्न सकिन्छ । तर त्यसका लागि एउटा सर्त चाहिँ पूरा गर्नुपर्छ । सर्त छ–धैर्यता ।

‘धेरैको मनस्थिति हुन्छ कि लगानी गर्ने बित्तिकै करोडौं मुनाफा होस् । व्यवसायमा एकै पटक सफलता मिल्दैन । यसका लागि धैर्यता चाहिन्छ । धैर्यतासँगै काम गर्ने ज्ञान र सीप भए सफलताबाट व्यक्तिलाई कसैले अलग गराउन सक्दैन,’ कृष्णले आफ्नो सफलताको राज खोले ।

तीन दर्जनलाई जागिर

कुनै बेला रोजगारीका निम्ति आफैं विदेशतिर भौतारिएका कृष्णले अहिले झण्डै तीन दर्जनलाई इलम दिएका छन् । त्यसमध्ये ४–५ जना कार्यालयमा र बाँकी फार्म तथा दाना उद्योगमा काम गर्छन् ।

‘नेपालमा आफैंले युवाहरूलाई रोजगारी दिन पाउँदा निकै खुसी लाग्छ,’ रोजगारीका लागि कुनै समय भौतारिएको दिन सम्झिँदा अहिले कस्तो लाग्छ भन्ने जिज्ञासामा उनले प्रसन्नता व्यक्त गरे ।

त्यसो त पुगीसरी आयो भनेर कृष्ण आफैं पनि गजक्क परेर बस्दैनन् । ‘म मिहिनती मान्छे । केही नगरी उसै बस्न मनले मान्दैन,’ उनले सुनाए ।

पोल्ट्री क्षेत्रको कार्य प्रकृति नै त्यस्तै भएकाले उनी बिहानदेखि राति अबेरसम्म कार्यक्षेत्रमा खटिइरहेका हुन्छन् । ‘काम ग-यौं भने नै माम पाइने हो । त्यसैले म अल्छी नमानी बिहानैदेखि व्यस्त हुन्छु ,’ उनले सुनाए ।

अनि जन्मियो दाना उद्योग

प्रारम्भमा उनले ग्लोबल, पोषकलगायत कम्पनीको कम्पनीका दाना खुवाएर कुखुरा हुर्काए । ठूला बनाएर बजार पठायो, पैसा हातमा पर्दा हिसाब किताब बराबर । कहिले त अझै उल्टै नोक्सानी झेल्नुपर्ने ।

कुखुरापालन बालुवामा पानी हालेजस्तो भएपछि एक समय कृष्ण निकै दिक्दारिए । ‘मनभित्रै द्वन्द्व चल्थ्यो । एक मनले भन्थ्यो, कुखुरा पाल्न छाडिदिऊ । अर्कोले भन्थ्यो– केही नयाँ तरिका अपनाऊ,’ त्यतिबेलाको मनोदशाबारे कृष्ण बोले ।

यत्तिकैमा उनको मनमा एउटा जुक्ति फु-यो–दाना पनि आफैं बनाउने । जुक्ति फलिफाप भयो । अहिले उनका खोरका कुखुराले अन्यत्रको दाना खानु पर्दैन । आफ्नै उत्पादनले हुर्किरहेका छन् । यति मात्रै होइन, साना किसानको मन पनि उनले उत्पादन गरेको दानाले जितेको छ ।

दाना आफैंले उत्पादन नगरी खरिद गर्दा कुखुरापालक किसानले धेरै मुनाफा आर्जन गर्न नसकेको कृष्णको बुझाइ छ । त्यसैले अहिले साना किसानहरूलाई दाना बनाउने ज्ञान बाँडेर सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छन् ।

दाना आफैंले उत्पादन नगरी खरिद गर्दा कुखुरापालक किसानले धेरै मुनाफा आर्जन गर्न नसकेको कृष्णको बुझाइ छ । त्यसैले अहिले साना किसानहरूलाई दाना बनाउने ज्ञान बाँडेर सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छन् । ‘आफ्नै दाना बनाएर खुवाउँदा किसान लाभान्वित हुने भएकाले अहिले यो कार्यलाई अगाडि बढाइरहेको छु,’ उनले भने।

ठूलाले पेल्दा खिन्न

काठमाडौंका सडकमा वर्ग–विभेदका रोचक दृष्य बरोबर देखिन्छन् । बसले कार, कारले मोटरसाइकल र मोटरसाइकलले साइकललाई दपेटिरहेका हुन्छन् ।

ठ्याक्कै यस्तै प्रवृत्तिले पोल्ट्री क्षेत्र पनि ग्रसित छ । ठूला ठूला आदर्शका कुरा गर्ने घाघडान पोल्ट्री व्यवसायीले नै साना किसानलाई देखिनसहेको कृष्णको बुझाइ छ ।

उनका अनुसार मार्केटलाई आफ्नो पकडमा राख्न ठूला फार्मले दाना र अण्डाको भाउ तलमाथि गरिरहन्छन् । हजारौं कुखुरापालक किसानले झै भुक्तमान खेपेका कृष्णलाई यो दृश्यले आक्रोस पनि पार्छ, दुःखी पनि ।

उनका अनुसार, केही समयअघि प्रति बाक्सा रु. २९५० मा अण्डा बिक्री भइरहेको थियो । तर ठूला कम्पनीले चलखेल गरेर २७०० मा झारिदिए । यस्तो हर्कतले आफैंले दाना उत्पादन गरेर कुखुरा पाल्नेलाई समेत टिक्न कठिन हुने उनको अनुभव छ ।

‘महँगो दाना खुवाएर किसानले कुखुरा हुर्काएर पालिएको हुन्छ । तर दाना र ह्याचरीले मूल्य घटाएर नोक्सानीमा पारिदिन्छन्,’

‘महँगो दाना खुवाएर किसानले कुखुरा हुर्काएर पालिएको हुन्छ । तर दाना र ह्याचरीले मूल्य घटाएर नोक्सानीमा पारिदिन्छन्,’ उनले साना कुखुरापालक किसानले ठूलाबाट झेलिरहेको समस्याबारे गुनासो गरे ।

बजारमा राजनीति चले पनि उत्पादन खपत नहुने समस्याचाहिँ छैन । उनका अनुसार उनले अहिले उत्पादन गरिरहेको अण्डा काठमाडौं खाल्डोमा सर्लक्कै खपत हुन्छ । बजारका लागि अन्यत्र जानु परेको छैन । लोकल र चिसो मौसममा उत्पादन भएकाले काठमाडौंका अण्डाको माग उच्च रहेको उनको हिसाब छ ।

अहिले कृष्णका फार्ममा ६५–७० हजार कुखुरा हुर्किरहेका छन् । तिनले दिनहुँ यही हाराहारीमा अण्डा दिन्छन् । यति ठूलो संख्यामा कुखुरापालन गर्नु सजिलो पक्कै छैन । तर कृष्णलाई अझै जोखिम मोल्नु छ । भन्छन्– अहिले ६५–७० हजारका हाराहारीमा कुखुरा छन् । आगामी दिनमा त्यसलाई बढाएर १–२ लाखसम्म पु-याउने योजना छ ।

बर्डफ्लूको त्यो प्रकोप

ठ्याक्कै महिना त उनलाई थाहा छैन । सालचाहिँ भूकम्प गएको ०७२ हो । देशको कुनै ठाउँमा बर्डफ्लू देखियो । कुखुराको पर्याप्त बीमा नभएको र भर्खंर भर्खंर व्यवसायले लय पक्डिएकाले कताकता बर्डफ्लूको त्रास मनमा पसिसकेको थियो ।

कहिलेकाहीँ जेसँग मानिस डराएर भाग्छ नि त्यसैको शिकार भई छाड्छ । कृष्णको जीवनमा पनि त्यस्तै भयो । ५०–६० लाख रूपैयाँ बराबरको कुखुरा उनले मारेर खाल्डोमा हाल्नुप-यो ।

कहिलेकाहीँ जेसँग मानिस डराएर भाग्छ नि त्यसैको शिकार भई छाड्छ । कृष्णको जीवनमा पनि त्यस्तै भयो । ५०–६० लाख रूपैयाँ बराबरको कुखुरा उनले मारेर खाल्डोमा हाल्नुप-यो । हुनलाई सरकारले केही रकम क्षतिपूर्ति उपलब्ध नगराएको होइन ।

लाखौं नोक्सानी बेहोरेका बेला त्यसले छोप लागे पो । तर अहिले अवस्था परिवर्तन भएको कृष्णको बुझाइ छ । सरकारले कुखुरापालक कृषकको हितमा निकै राम्रो काम गरिरहेकाले लाभान्वित हुन उनले सुझाए ।

राइजिङ हुन लागेको कुखुरापालन व्यवसायले धक्का खाएपछि कृष्ण निकै उदासीए । तर उनीसँग यो व्यवसायबाट भाग्ने सुविधा थिएन, किनकि, उनी पोखरीमा हेलिइसकेका थिए ।

त्यसपछि उनले निर्णय लिए, कुखुरा पालन गर्ने तर ब्रोइलर होइन, लेयर्स । जुन निर्णयले अहिले उनलाई फलिफाप भइरहेको छ । लेयर्स कुखुराले १८ महिनासम्म अण्डा पार्ने भएकाले यसको पालन गर्न नवप्रवेशीलाई उनले सुझाव दिन चाहेका छन् ।

सफलताले धेरै मान्छे उन्मुक्त हुन्छन् । घमण्डले चूर बन्छन् । किसान पृष्ठभूमिबाट संघर्ष गरेका कृष्णले अहिले हासिल गरेको सफलता तरतरो हुँदै होइन । तर उनमा न कुनै दम्भ छ न बडप्पन । फरासिला कृष्ण शान्त छन्, नदीको तलाउजस्तै ।

सफल पोल्ट्री व्यवसायी कृष्ण सामाजिक उत्तरदायित्वप्रति उत्तिकै सचेत छन् । आफूलाई ठूला व्यवसायीको पगरी गुथाउने पाप धर्मको प्रवाह नगरी पसिनामाथि खेलबाड गरिरहेका छन् । तर कृष्णको भावना निकै फराकिलो छ ।

तल छुटेकालाई हात दिएर माथि उकाल्नुपर्छ भन्ने उन्नत सोच छ उनमा । त्यसैले उनी आफ्नो व्यस्त दैनिकीबाट केही समय निकालेर कुखुरापालक साना किसानको दैलो चहारिरहेका हुन्छन् । कसैलाई कुखुरापालनको व्यवहारिक ज्ञान बाँड्छन्, कसैलाई दाना बनाउने टिप्स दिन्छन् ।

‘साना किसानहरू ज्ञानको अभावले निकै ठगिएका छन्, उनले किसानप्रतिको दायित्व निर्वाह गर्नुको कारण खुलाउँदै कुराकानीको बिट मारे, ‘मानिस हुनुको नाताले तिनको उत्थानमा भूमिका छ भन्ने ठानेर यस्तो प्रयास गरेको हुँ ।’

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८, १६:००:००