NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बाइडेनको धम्कीपछि झस्कियो रुस, युद्धको मनसाय नभएको प्रस्टोक्ति

काठमाडौं । रुस र युक्रेनबीचको तनावले केही अघिसम्म एउटा संशय थियो, कतै अर्को विश्व युद्ध त निम्तिँदै छैन । यही त्रासमाझ हालै यी देशले पेरिसमा टेबल सेयर गरेका छन् ।

यो बसाइँमा युद्ध नगर्ने सहमति जुटेकाले अवस्था नबिग्रिने आकलन गरिएको छ । युद्ध रोक्न अहिले जारी एकपक्षीय, बहुपक्षीय रणनीतिक प्रयत्नले पनि स्थितिलाई खराब मोडमा जान नदिने अनुमान भइरहेका छन् ।

यद्यपि, पेरिसको सहमति नै स्थायी भने होइन । आगामी दिनमा असमझदारी निम्तिने सम्भावना पनि उत्तिकै छन् ।

त्यसैले केही स्वभाविक प्रश्न अहिले उब्जिएका छन् । रुस अझै पनि युद्धको मोडमा होला ? युद्ध भए शहर वा सीमा, कुन टार्गेट होला ? अन्य देशहरू असंलग्न नै रहलान् या दुईमध्ये कुनैको गोटी बन्लान् ? यी जिज्ञासु विश्व समुदायबाट गरिएका केही मूल प्रश्न हुन् ।

कामना गरौं, रुस–युक्रेनले युद्धको खरानी बाटो अपनाउने छैनन् । तर कथंकदाति युद्ध भइहालेमा यसले दिने परिणाम निकै घातक हुने निश्चित छ ।

पहिलो त, यी देश युद्धमा होमिएमा तेस्रो विश्वयुद्ध नै सुरु हुने खतरा छ । किनभने, यसमा सैन्य गठबन्धन नाटोको सहभागिता हुने करिब–करिब निश्चितजस्तै छ ।

युक्रेनमा रुसको आक्रमण गर्नसक्ने आधार कस्ता छन् ?

युक्रेनको अवस्था अवलोकन गरेर फर्किएका बिबिसीका पत्रकार पोल एडम्बसले भनेका छन्, ‘अपेक्षा त यही हो कि दुई देशबीच युद्ध रोक्न सकियोस् । तर खतरा उत्तिकै छ किनभने, रुस आफ्नो अडानमा कायमै रहने सम्भावना छ । त्यसो भएमा नतिजा भने खतरनाक हुनसक्छ ।’

अमेरिका र नाटोका सेनासँग भिड्न त रुस सक्षम छ, तर आर्थिक मोर्चामा भने उसले धेरै क्षति व्यहोर्नुपर्ने हुनसक्छ । पुटिनले हालै संविधान संशोधन गरेर अन्तिमसम्म राष्ट्रपति बन्ने कदम उठाएका कारण यो मुद्दा देशभित्रै मुखर हुनसक्छ । जसको मूल्य पुटिनले नराम्रोसँग चुकाउनुपर्नेछ ।

चीन र रुसबीच नजिकको सम्बन्ध छ । तथापि, युद्धको दायरा बढेको अवस्थामा उसले खुलेर रुसको समर्थन नजनाउन पनि सक्छ ।

अमेरिका र नाटोका सेनासँग भिड्न त रुस सक्षम छ, तर आर्थिक मोर्चामा भने उसले धेरै क्षति व्यहोर्नुपर्ने हुनसक्छ । पुटिनले हालै संविधान संशोधन गरेर अन्तिमसम्म राष्ट्रपति बन्ने कदम उठाएका कारण यो मुद्दा देशभित्रै मुखर हुनसक्छ । जसको मूल्य पुटिनले नराम्रोसँग चुकाउनुपर्नेछ ।

युद्ध बोर्डरमै सीमित होला वा शहरसम्म पुग्ला ?

एक रिपोर्टअनुसार, युक्रेन सेभियत संघ टुक्रिएसँगै रुसपछि युक्रेन ठूलो बनेको छ । युद्ध भएमा सीमामा मात्रै सीमित होला भन्न सकिन्न । युद्धमा अन्तर्राष्ट्रिय साझेदार अमेरिका र नाटो साथमा भएकाले सीमा छिचोलेर भित्रसम्म पुग्ने खतरा छ ।

युद्धको सुरुआती चरणमै रुसमाथि दबाब बढ्यो भने युक्रेनका शहर रुसको निशानामा पर्नेछन् । सैन्य मात्र नभएर रुसले आर्थिक दबाब दिन बढाउने छ ।

तर, नाटो र अमेरिकाको उपस्थितिमा रुसको प्रयास सफल हुन भने मुस्किल छ । किव क्षेत्रमा त युक्रेनतर्फबाट अहिलेदेखि नै एन्टी ट्यांक र मिसाइल तथा एयर डिफेन्स सिस्टम तैनाथ गरिएका छन् ।

आक्रमण भयो भने कति क्षति पुग्ला ?

‘द भोग’ को रिपोर्टअनुसार, युद्ध भएमा धनजनको क्षति कति हुन्छ भन्ने प्रश्नको जवाफ दिन निकै मुस्किल छ । यद्यपि, यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो ।

सन् २०१४ मा रुसले युक्रेनमा हमला गरेर क्रिमिया टुक्र्याइदिएको थियो । त्यसै बेलादेखि हालसम्म कुनै न कुनै प्रकारको युद्धमा १४ हजार युक्रेनी मारिएका छन् । मारिनेमा सैनिक र सर्वसाधारण बढी छन् ।

सैन्य संख्याका हिसाबले रुस निकै अगाडि छ । उसँग २९ लाख सैनिक छन् भने युक्रेनसँग मात्रै ११ लाख । दुवै मुलुक आमनेसामने हुँदा धेरै जनधनको क्षति हुने निश्चित छ । जानकारहरूका अनुसार, युद्धको झिल्को शहरी क्षेत्र पसेमा नतिजा थप भयानक हुनेछ ।

जो फ्रन्टलाइन वर्कर्सजस्तै कैयौं युक्रेनी संगठन काम गर्न तयार छन् । युद्ध निम्तिएको अवस्थामा अपनाउनुपर्ने सुरक्षा तयारीमा उनीहरू अहिलेदेखि नै लागिरहेका छन् ।

कति देश चपेटामा आउन सक्छन् ?

बिबिसी संवाददाता पल एडम्स युद्धको अवस्था निकै खतरनाक हुने औंल्याउँछन् । उनका अनुसार, युद्ध सुरु भएमा रुस र युक्रेन सीमामा मात्रै केन्द्रित हुनेछन् भनेर आकलन गर्नु गलत हुनेछ ।

रुसमा युद्ध सुरु भएमा कैयौं युरोपियन देश खेलमा सहभागी हुन सक्दैनन् । जसले चीनको इमेज खराब हुनसक्छ । साथै विश्वमा दबदबा जमाउँदै गरेको चीनको सामथ्र्य केही कमजोर देखिनेछ । यसै कारण पनि पुटिनले अहिले नै युद्धको जोखिम मोल्न नसक्ने बताइन्छ ।

यसको आँच बाल्टिक देशहरू लताभिया, लिथुआनिया र एस्टोनियासम्म पुग्न सक्छ । यी देश निकै शान्तिप्रिय हुन् । साथै यी देशसँग कुनै सैन्य शक्ति पनि छैन । युद्धको अवस्थामा निरीह यी देश अमेरिका र नाटोतिरै आफ्नो सुरक्षाका लागि ओत लाग्नुपर्ने हुनसक्छ ।

यद्यपि, नाटो र अमेरिका युद्धमा कुनै हालतमा पनि रुसलाई काबुमा राख्ने कोशिस गर्नेछन् ।

रुसलाई नाटोका त्रास या अन्य कारण

डिफेन्स एक्सपर्ट रोसेनबर्गले न्युयोर्क टाइम्समा लेखेका छन्, ‘अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्कनको प्रश्न निकै जायज छ । उनले पछिल्लो साता नै रुसी विदेशमन्त्री सर्गेई लावरोवसँग भनेका थिए–रुसको सीमामा मात्र ६ प्रतिशत हिस्सा छ, जहाँ नाटो देशसँग जोडिएको छ । के यसबाट राष्ट्रिय सुरक्षामा खतरा हुनसक्छ ?’

नाटोमा आबद्ध कैयौं देशजस्तै टर्कीलाई नै रुसले एस–४०० जस्तो खतरनाक मिसाइल डिफेन्स सिस्टम बिक्री गरिरहेको छ । अर्थात् यस्ता देशसँग रुसको सम्बन्ध राम्रो छ । यद्यपि, पुटिनको दाउ भने अर्कै छ । युद्ध नभएर घुसपैठ गर्ने र युक्रेनमा रुस समर्थित सरकार बनाउने उनको पहिलो विकल्प हो ।

यदि युक्रेनमा रुस समर्थित सरकार बन्यो भने रुसको सीमासम्म नाटोको पहुँच पुग्ने छैन । पुटिन पनि रुसको सीमा क्षेत्रभन्दा नाटो सेनालाई टाढै राख्न चाहन्छन् ।

के २० फेब्रुअरीसम्म युद्ध रोकिन्छ ?

द डिप्लोम्याट’को एक रिपोर्टअनुसार, रुस र चीनबीच राम्रो सम्बन्ध छ । यो सम्बन्ध सोभियत संघ हुँदादेखिकै हो । पुटिन संविधान संशोधन गरेर सधैंका लागि राष्ट्रपति बने र चीनमा सी जिनपिङले पनि यही गरे । चीनमा ४ देखि २० फेब्रुअरीसम्म विन्टर ओलम्पिक खेल आयोजना गरिएको छ ।

रुसमा युद्ध सुरु भएमा कैयौं युरोपियन देश खेलमा सहभागी हुन सक्दैनन् । जसले चीनको इमेज खराब हुनसक्छ । साथै विश्वमा दबदबा जमाउँदै गरेको चीनको सामथ्र्य केही कमजोर देखिनेछ । यसै कारण पनि पुटिनले अहिले नै युद्धको जोखिम मोल्न नसक्ने बताइन्छ ।

त्यसैगरी, अमेरिका र नाटो यतिबेला रणनीतिक समझदारीका साथै युद्धको तयारीमा पनि जुटेका छन् । चीनले मौन तरिकाले अहिले युद्ध भएमा रुसको समर्थन गर्न नसक्ने जनाइसकेको छ । वास्तबमा चीन कुनै पनि देशसँग सिधा युद्ध गर्ने मुडमा छैन । चीनको मुख्य लक्ष्य अर्थ नै हो ।

ट्रम्पजस्तै पुटिन पनि सम्बन्ध विस्तारमा कमजोर हुन् ?

अमेरिकी डिफेन्स एक्सपर्टका अनुसार, अमेरिकामा डोनाल्ट ट्रम्प राष्ट्रपति हुँदा उनको व्यवहारका कारण कैयौं नाटो सहयोगी अमेरिकाबाट टाढिएका थिए ।

डिफेन्स एक्सपर्ट रोबर्ट शुल्ज भन्छन्, ‘याद गरौं त अमेरिकामा ट्रम्प राष्ट्रपति हुँदा उनको व्यवहारकै कारण तमाम नाटो सहयोगी अमेरिकाबाट टाढिएका थिए । बाइडेन सत्तामा आएपछि पुनः नाटो एकजुट भयो ।’

बाइडेनले चीनलाई हरेक मोर्चामा रोक्नका लागि नाटोलाई पुनः एकजुट गराएका थिए । अहिले पुटिनले पनि युक्रेनमाथि आक्रमणको योजना बनाइरहँदा करिब करिब युरोपियन देश सबै एकजुट भइरहेका छन् । किनकि, भविष्यमा अन्य देशमाथि पनि रुसले धावा बोल्न सक्ने उनीहरूको आंकलन छ ।

रुसकै कारण अहिले नाटोलाई एक गराउन बाइडेन सफल भएका हुन् । नाटो पुनः अमेरिकाको छत्र छायामुनि आएको छ । चीन र रुसविरुद्ध नाटो प्रयोग हुने खतरा छ । अहिले पनि अमेरिका र नाटोसँग आर्थिक र सैन्य बलमा लड्ने जोखिम कोही मोल्न चाहँदैनन् । एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, २०:२०:००

ताजा अपडेट

नेपालवाच विशेष