सहिदप्रति रामचन्द्रका ९८ शब्द ! जनयुद्ध – मधेस आन्दोलनका सहिदलाई सम्झिएनन्

काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सहिद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्राप्त उपलब्धी जोगाउन चुनौति थपिएको बताएका छन् ।
परम्परागत शैलीमा शुभकामना सन्देश जारी गर्दै पौडेलले यस्तो बताएका हुन् । उनले शुभकामना सन्देशमा भनेका छन्, आजसम्मका सबै राजनीतिक उपलब्धी सहिद कै त्याग र तपस्याबाट संभव भएको हो ।
पौडेलले शुभकामनामा जनयुद्ध, मधेस आन्दोलनका सहिदलाई सम्बोधन गरेका छैनन् । अहिलेको राजनीतिक व्यवस्थाका लागि मुख्य योगदान गरेका जनयुद्ध र मधेस आन्दोलनका सहिदप्रति मौन रहँदै पौडेलले शुभकामना सन्देश जारी गरेका छन् ।
आफ्नो फेसबुक पेजमा लेख्दै उनले भनेका छन्, ‘आजको राजनीतिक व्यवस्था र हामीहरुले उपयोग गरिरहेको स्वतन्त्रता लगायत २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२–६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलन लगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको हो ।’
पौडेलले अहिलेप्राप्त राजनीति उपलब्धी जोगाउन मुलुकलाई अहिलेको संकटबाट मुक्ती दिलाउनु पर्ने समेत बताएका छन् ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया