सर्वोच्चबाट नेकपा फिर्ता ल्याएका कट्टेललाई पार्टी साधारण सदस्यबाटै निष्काशन
काठमाडौं । गतवर्ष सर्वोच्च अदालतको उत्प्रेषण आदेशमार्फत एमाले र माओवादी मिलेर बनेको नेकपालाई बदर गर्ने नेता हुन् ऋषि कट्टेल । उनले नेकपा नामको पार्टी पहिले आफ्नो भएको भन्दै एमाले–माओवादी मिलेर बनेको नेकपा खारेज गर्ने मागसहित मुद्दा हालेका थिए ।
सर्वोच्चमा लडेर पार्टी फिर्ता ल्याएका कट्टेललाई उनकै पार्टीले साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ । माघ १३ गते नेकपाले एक विज्ञप्ति जारी गर्दै कट्टेलाई साधारण सदस्यसमेत नहरनेगरी निष्काशन गरेको जनाएको छ ।
पार्टीको विधानविपरीत दलको अहित हुनेगरी काम गरेको भन्दै माघ ५ गते छानबिन समिति बनाइएको थियो । तर, छानबिन समितिले माघ ७ गते मागेको स्पष्टीकरणको जवाफ नदिएपछि निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ । सुवेदी एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजकसमेत हुन् ।

ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया