प्रचण्ड र माधवले घुसपैठ गराएर निष्काशन गरे : ऋषि कट्टेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफूमाथि प्रचण्ड र माधव नेपालले मान्छे लगाएर कारबाही गर्न लगाएको आरोप लगाएका छन् ।
नेकपाले माघ १३ गते कट्टेलाई पार्टी साधारण सदस्यबाटै निष्काशन गरेको छ । पार्टीको विधान विपरीत अहित हुने काम गरेको भन्दै उनलाई निष्काशन गरिएको नेकपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तर, यता कट्टेलले भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र मान्छे घुसाएर कारबाही गर्न लगाएको बताएका छन् ।
नेपालवाचसँग कुरा गर्दै कट्टेलले भने, ‘प्रचण्ड र माधव नेपालले मेरो पार्टीभित्र आफ्ना मान्छे घुसाएर ममाथि कारबाही गर्न लगाए । ’
यता नेकपाले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइसकेको छ । माघ ७ गते सोधिएके स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि निष्काशन गरेको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया