प्रचण्ड र माधवले घुसपैठ गराएर निष्काशन गरे : ऋषि कट्टेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफूमाथि प्रचण्ड र माधव नेपालले मान्छे लगाएर कारबाही गर्न लगाएको आरोप लगाएका छन् ।
नेकपाले माघ १३ गते कट्टेलाई पार्टी साधारण सदस्यबाटै निष्काशन गरेको छ । पार्टीको विधान विपरीत अहित हुने काम गरेको भन्दै उनलाई निष्काशन गरिएको नेकपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तर, यता कट्टेलले भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र मान्छे घुसाएर कारबाही गर्न लगाएको बताएका छन् ।
नेपालवाचसँग कुरा गर्दै कट्टेलले भने, ‘प्रचण्ड र माधव नेपालले मेरो पार्टीभित्र आफ्ना मान्छे घुसाएर ममाथि कारबाही गर्न लगाए । ’
यता नेकपाले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइसकेको छ । माघ ७ गते सोधिएके स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि निष्काशन गरेको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया