NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रेस काउन्सिलको वर्गीकरणमा गोरखापत्रदेखि नयाँ पत्रिका अटेनन् (पूर्ण नतिजासहित)

काउन्सिलको आफ्नै संहिताको कागजपत्र पुगेन

काठमाडौं । प्रेश काउन्सिल नेपालले आर्थिक वर्ष २०७५/०६ र २०७६/०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको नतिजामा राष्ट्रियस्तरका नाम चलेका पत्रपत्रिका नै परेका छैनन् । सरकारी अखबार गोरखापत्र मात्रै होइन, प्रेस काउन्सिल स्वयम्ले प्रकाशन गर्दै आएको संहिता पनि वर्गीकरणमा परेको छैन । यस्तै, अन्नपूर्ण र नयाँ पत्रिका दैनिक पनि वर्गीकरणमा परेका छैनन् । यी पत्रपत्रिकाहरूमा कागजपत्र नपुगेको भनेको छ ।

काउन्सिलमा आर्थिक वर्ष २०७६/०७७ मा वर्गीकरणका लागि ८७८ पत्रपत्रिकाले आवेदन दिएका थिए । तीमध्ये प्रदेशस्तरका १६९, राष्ट्रियस्तरका १४९ र स्थानीय स्तरका ५६० पत्रपत्रिका थिए ।

आवेदन परेकामध्ये २१९ पत्रपत्रिका (क) वर्गमा वर्गीकृत भएका छन् । यस्तै (ख) वर्गमा ४३१ र (ग) वर्गमा १६३ पत्रपत्रिका परेका छन् । यस्तै उक्त आर्थिक वर्षमा नियमित तर हुबहु र वर्ग कायम नभएका पत्रपत्रिकाको संख्या ४५ रहेको काउन्सिलले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा काउन्सिलमा जम्मा ८८२ पत्रपत्रिकाले वर्गीकरणका लागि आवेदन दिएका थिए । प्रदेश स्तरका १६६, राष्ट्रियस्तरका १६५ र स्थानीय स्तरका ५५२ पत्रपत्रिकाले वर्गीकरणका लागि आवेदन दिएका थिए ।

जसमा (क) वर्गमा २१९, (ख) वर्गमा ४७६, (ग) वर्गमा १३७ र (घ) वर्गमा १५ पत्रपत्रिका परेका छन् । साथै उक्त आर्थिक वर्षमा आवेदन परेकामध्ये नियमित प्रकाशन भइरहेका तर वर्ग कायम नभएका पत्रपत्रिका ३६ रहेको काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिलको माघ १४ गते बसेको बैठकले वितरण सम्परीक्षण समितिबाट प्राप्त निवेदनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

काउन्सिलको नतिजा चित्त नबुझेमा १५ दिनभित्र र दोब्बर दस्तुरसहित थप सातदिनभित्र निवेदन दिँदाको २५ प्रतिशत दस्तुरसहित पुनः मूल्यांकनका लागि आवेदन दिनसक्ने काउन्सिलले जनाएको छ ।

यस्ताे छ नतिजा