वडाध्यक्षसहित आठ जनाको परालमा आगो लगाएर भागेका युवक पक्राउ

काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाका वडाध्यक्षसहित आठ जनाको परालमा आगो लगाएर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति ११ बजेतिर खेतमा थुपारिराखेको परालमा आगो लगाएर भागेका सोही वडाका २३ वर्षीय गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको हो ।
मदिरा सेवन गरी आठ जनाको खेतमा राखेको परालमा आगो लगाएर राई फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढा, स्थानीय विष्णु गौतम, शविराम चौधरी, भक्तविर चुनारा, गणेश बहादुर थापा, कमल चौधरी, बम बहादुर वि।सी र नरगैया चौधरीको खेतमा राखेको परालमा आगो लागेको थियो ।
आगलागीको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा सोही वडामा बस्ने गोविन्द राईले मदिराको तालमा आगो लगाएके खुल्न आएके थिया । प्रहरीले हिरासतमा राखेकार राईमाथि अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया