वडाध्यक्षसहित आठ जनाको परालमा आगो लगाएर भागेका युवक पक्राउ
काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाका वडाध्यक्षसहित आठ जनाको परालमा आगो लगाएर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति ११ बजेतिर खेतमा थुपारिराखेको परालमा आगो लगाएर भागेका सोही वडाका २३ वर्षीय गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको हो ।
मदिरा सेवन गरी आठ जनाको खेतमा राखेको परालमा आगो लगाएर राई फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढा, स्थानीय विष्णु गौतम, शविराम चौधरी, भक्तविर चुनारा, गणेश बहादुर थापा, कमल चौधरी, बम बहादुर वि।सी र नरगैया चौधरीको खेतमा राखेको परालमा आगो लागेको थियो ।
आगलागीको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा सोही वडामा बस्ने गोविन्द राईले मदिराको तालमा आगो लगाएके खुल्न आएके थिया । प्रहरीले हिरासतमा राखेकार राईमाथि अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया