NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

राष्ट्रिय सूचना प्रविधि केन्द्रले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । राष्ट्रिय तथा सूचना प्रविधि केन्द्रअन्तर्गत कार्यालयमा विभिन्न पदमा कर्मचारी माग गरिएको छ । आर्थिक वर्ष ७८/७९ को बाँकी अवधिको लागि करार सेवामा योग्यता, अनुभव र उमेर पुगेकाहरूले आवदेन दिन सक्ने केन्द्रले जनाएको छ ।

इत्छुक आवेदकले सूचना जारी गरिएको १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने छ । आवेदन अनलाइनबाट दिन सकिने छ । केन्द्रले सूचना प्रविधि निर्देशक, कम्युटर इन्जिनियररिङ, इलोक्ट्रिकल इन्जिनियर, इलेक्ट्रिकल ओभरसियर, कम्युटर टेक्निसियन र कम्युटर अपरेटर पदमा दरखास्त आह्वान गरेको हो ।

दरखास्त पेश गर्दा आवदेकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा चारित्रिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, साथै इन्जिनियरिङ पदको लागि नेपाली इन्जिनियरिङ परिषदमा दर्ता प्रमाणपत्र हुनुपर्ने छ ।

कर्मचारी छनोटको आधार लिखित, प्रयोगात्मक तथा अन्तर्वार्ताको माध्यमबाट गरिने छ ।