भागबण्डा पुर्याउन प्रदेश १ मा पनि मन्त्रालय विभाजन गरिँदै
काठमाडौं । प्रदेश १ सरकारले अहिले कायम मन्त्रालय विभाजन गरेर थप गर्ने तयारी गरेको छ ।
त्यसका लागि हालै बसेको त्यहाँको मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई टुक्र्याउने निर्णय गरेको छ ।
प्रदेश १ मा हाल ७ मन्त्रालय छन्। अब त्यसलाई थप गरेर १२ बनाउने निर्णय गरिएको स्रोतको दाबी छ ।
एमाले नेतृत्वको सरकार विस्थापित गराएर त्यहाँ एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बनेका छन् । तर उनले आकांक्षी व्यवस्थापन गर्न सकिरहेका छैनन् । त्यही भागबण्डा मिलाउन विभाजनको कदम उठाइएको हो ।
मन्त्रालय विभाजनको निर्णय गरिए पनि आलोचनाको डरले गुपचुप राखिएको छ ।
यसअघि वाग्मती प्रदेशमा पनि एकीकृत समाजवादी नेतृत्वको सरकारले भागबण्डा पुर्याउन यसैगरी मन्त्रालय विभाजन गरेको थियो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया