भागबण्डा पुर्याउन प्रदेश १ मा पनि मन्त्रालय विभाजन गरिँदै

काठमाडौं । प्रदेश १ सरकारले अहिले कायम मन्त्रालय विभाजन गरेर थप गर्ने तयारी गरेको छ ।
त्यसका लागि हालै बसेको त्यहाँको मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई टुक्र्याउने निर्णय गरेको छ ।
प्रदेश १ मा हाल ७ मन्त्रालय छन्। अब त्यसलाई थप गरेर १२ बनाउने निर्णय गरिएको स्रोतको दाबी छ ।
एमाले नेतृत्वको सरकार विस्थापित गराएर त्यहाँ एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बनेका छन् । तर उनले आकांक्षी व्यवस्थापन गर्न सकिरहेका छैनन् । त्यही भागबण्डा मिलाउन विभाजनको कदम उठाइएको हो ।
मन्त्रालय विभाजनको निर्णय गरिए पनि आलोचनाको डरले गुपचुप राखिएको छ ।
यसअघि वाग्मती प्रदेशमा पनि एकीकृत समाजवादी नेतृत्वको सरकारले भागबण्डा पुर्याउन यसैगरी मन्त्रालय विभाजन गरेको थियो ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको आग्रह : स्वदेशी वस्तुको प्रयोग बढाउनुहोस्
-
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
-
आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द
-
हिमाली परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक
-
‘खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ’
प्रतिक्रिया