NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

सीमाक्षेत्रमा भारतीय गुप्तचर सक्रिय, सीमाका विषयमा स्थानीय नेता कार्यकर्ता भड्काउँदै

काठमाडौं । भारतसँग जोडिएका सीमावर्ती जिल्लामा भारतीय गुप्तचर निकायका प्रतिनिधिहरूको सक्रियता बढ्दै गएको छ । पछिल्लो समय दुई देशबीच सीमा विवादलाई लिएर तनाव उत्पन्न भइरहेका बेला भारतीय गुप्तचरहरूको सक्रियता बढेको पाइएको हो ।

नेपालका सुरक्षा निकायले भारतीय गुप्तचरको सक्रियताबारे सरकारलाई जानकारी गराएका छन् । साथै उनीहरूले अवाञ्छित गतिविधि पनि गर्दै आएको सरकारी सुरक्षा निकायको रिपोर्टमा उल्लेख छ ।

यसक्रममा उनीहरूले विभिन्न ठाउँमा सूचक खडा गर्ने र त्यहाँका नेता कार्यकर्तालाई भड्काउन थालेको पाइएको छ ।

नेपाल सरकारलाई रहेक दिन रिपोर्टिङ गर्ने सुरक्षा निकायले दिएको प्रतिवेदन अनुसार ती जिल्लाहरूमा भारतीय गुप्तचर निकायले सम्पर्क सूत्र विस्तार गर्न थालेका छन् ।

भारतीय गुप्तचर निकाय (आइबी) तथा रअले नेपालको सीमावर्ती जिल्लाहरूमा पाकिस्तानी गुप्तचर निकायको प्रभावमा परेका व्यक्ति, अतिवादी समूूह एवं चिनियाँ पक्षको प्रभाव बढ्दैै गएको भन्दै सूचना संकलन गर्ने र निगरानी गर्दै आएका छन् ।

रिपोर्टमा जनाइएअनुसार भारतीय गप्तचरले पछिल्लो समय दुई देशबीचको सीमा सम्बन्धी विषयलाई लिएरसमेत भड्काउपूर्ण अभिव्यक्ति दिन थालेका छन् ।

पछिल्लो समय भारतले नेपालको अतिक्रमित भूमि लिपुलेक लिम्पियाधुरामा सडक निर्माण थालेपछि विवाद बढेको छ । यही क्रममा उनीहरूले सीमावर्ती जिल्लाका राजनीतिक नेता कार्यकर्ताकाबारेमा पनि तीव्र रूपमा सूचना संकलन गर्न थालेको पाइएको छ ।

यसका लागि भारतीय गुप्तचरले ठाउँ–ठाउँमा आफ्ना सूचना सूचक खडा गरेका छन् ।

यही क्रममा केही समयता भारतीय गुप्तचर निकाय(आइबी) र रअले मोरङका विराटनगर निवासी हरि सिंहानिया, सुन्दरहरैचा नगरपालिका १० का राजकुमार गिरी, इटहरीका दुर्गाप्रसाद लिम्बु र सूर्य लिम्बुमार्फत मोरङ, झापा र सुनसरी जिल्लामा हुने राजनीतिक गतिविधिको सूचना संकलन गर्न थालेको पाइएको छ ।

त्यस्तैगरी भारतीय गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय गुप्तचर संस्थाले केही समययता झापाको काँकडभित्तादेखि इलामको सन्दकपुरसम्मको निर्माण हुने भनिएको सडकमासमेत चासो दिन थालेको छ ।

उक्त सडक निर्माणका लागि विनियोजित बजेट, सडक निर्माणमा संलग्न हुने विभिन्न पक्षका साथै भारतीय वयापारीहरूद्वारा सञ्चालित इलाम, कन्याम, सोक्तिम लगायतका सातवटा चिया बगानमा हुने गरेका गतिविधिका विषयमा सूचना संकलन गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष