NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते
देवर–भाउजुकाे अवैध सम्बन्धले निम्त्याएकाे अपराध

शिशु जन्मिएकाे ३४ दिनमा हत्या, अवैध गर्भ बोकाउनेलाई पहिलोपटक जन्मकैद

काठमाडौं । अवैध सम्बन्धले मानिसलाई मानसिक तनाव मात्रै होइन, जेलको हावा पनि खुवाउँछ । अवैध सम्बन्ध लुकाउनका लागि मानिसहरू अर्को अपराधसम्म गर्न पुग्छन् । त्यसपछि कानूनले उनीहरूलाई जेलमा बस्न बाध्य बनाउँछ ।

दिपायल उच्च अदालतले यस्तै एक घटनामा देवर–भाउजुलाई नै कैदको फैसला सुनाएको छ । मंगलबार देवर–भाउजुको अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या आरोपमा दुवै जनालाई कैद फैसला गरिएको हो ।

उच्च अदालत दिपायलका मुख्य नायाधीश टेकनारायण कुँवर र जगतबहादुर थापाको संयुक्त इजालसले अवैध सम्बन्धपछि जन्मिएको शिशुको हत्या आरोपमा भाउजुलाई चार वर्ष कैद र हत्यासम्मको अवस्था आउन बाध्य पार्ने देवरलाई भने जन्मकैदको फैसला सुनाएको हो ।

उच्च अदालत दिपायलका इजलास अधिकृत वसन्त पाध्यायका अनुसार राजकुमार बढुवालले भाउजु नाता पर्नेसँग यौन सम्बन्ध कायम गरेको र उनीहरूको सम्बन्धबाट शिशु जन्मिएको थियो ।

तर, शिशु जन्मिएको ३४ दिनमै दुवै जना मिलेर शिशुको हत्या गरेका थिए । यसअघि जिल्ला अदालत बाजुराले मृतक शिशुकी आमालाई चार वर्ष कैदको फैसला गरेको थियो ।

भाउजुको हकमा जिल्ला अदालतको फैसलालाई सदर गरिएको अधिकृत पाध्यायले जानकारी दिए । यता भाउजुलाई गर्भ बोकाएर नाबालकको हत्या गर्न बाध्य पार्ने बडुवाललाई भने जन्मकैदको सजाय सुनाइएको छ । यसअघि जिल्ला अदालत बाजुराले भने बडुवाललाई निर्दोश भन्दै सफाइ दिएको थियो ।

उच्च अदालत दिपायलका अनुसार शिशु हत्यामा गर्भ बोउने व्यक्तिलाई जन्मकैद हुने फैसला नेपालमै सम्भवतः पहिलो भएको जनाएको छ । शिशु हत्याका अधिकांश मुद्दामा जन्म दिने आमालाई मात्र दोषी ठहर गर्ने गरिएको थियो ।

पहिलोपटक गर्भ बोकाउनेलाईसमेत कसुरदार मान्दै उच्च अदालत दिपायलले जन्मकैदको फैसला गरेको हो । इजलास अधिकृत पाध्यायका अनुसार लैगिक न्यायको दृष्टिकोणबाट यस्तो अपराधमा जन्माउने आमाभन्दा पनि शिशु मार्न वचन दिने बाबुको अपराधिक कार्यमा बढी जिम्मेवारी हुने अदालतको दृष्टिकोण रहेको छ ।

घटना विवरणअनुसार राजकुमार बडुवालले भाउजु रिंकु (नाम परिवर्तित)बीचको यौन सम्बन्धबाट गर्भ रहेको थियो । गर्भ रहेपछि रिंकुले राजकुमारसँग अब के गर्नेभन्दै जानकारी दिएकी थिइन् । तर, राजकुमारले परेको आफूले व्यहोर्ने वचन दिए ।

तर, पछि जसरी भए पनि बच्चा जन्मिएपछि मारिदिनु र बाँकी परेको समस्या आफूले समाधान गर्ने आश्वासन दिएका थिए । बारम्बारको आश्वासनपछि रिंकुले शिशु जन्मिएको ३४ दिनमै कैरोलोका जरामा विषादी मिसाएर खुवाई मारेको भेटिएको छ ।

उक्त अपराध गराउन रिंकुकी जेठानी जानकी बडुवाल र रिंकु तथा गर्भ बोकाउने बडुवाल संलग्न भएको पाइएको थियो । जसमा जानकीलाई पनि हतयामा सहयोग गरेको भन्दै ६ महिना कैद सजाय सुनाइएको छ ।

रिंकुका पनि भने नेपाली सेनामा जागिर गर्छन् । उनकै काका–ससुराको छोरा राजकुमार बडुवालसँग अवैध सम्बन्ध रहेको उक्त घटना २०६९ जेठ २७ गते भएको थियो । तर, प्रहरी र सरकारी वलिकले उक्त मुद्दा नै अगाडि बढाएका थिएनन् । २०७६ जेड ८ गते पुनः सुरु गरिएको अनुसन्धानपछि मुद्दा अदालतसम्म पुगेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष