NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

काउन्सिलमा अध्यक्ष बस्नेतको सक्रियता : सामाजिक सञ्जालमाथि कडा निगरानी

काठमाडौं । नेपाल प्रेस काउन्सिलले पत्रपत्रकिा वर्गीकरणको नतिजा सुरु गरेसँगै नयाँ बहस सुरु गरेको छ । विगत ३ वर्षदेखि अड्किएको पत्रपत्रिका वर्गीकरणलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतकै पालामा २ वर्षको नतिजा सार्वजनिक हुनुलाई धेरैले प्रशंसा गरेका छन् ।

समयमा नतिजा सार्वजनिक नहुँदा साना लगानीका स्वरोजगारमुखी पत्रपत्रिकालाई समस्या पर्दै आएकोमा अब समाधान उन्मुख हुने धेरैले सञ्जालमा टिप्पणी गरेका छन् ।

काउन्सिलले देश भरका ८० वटा पत्रपत्रिकाले आचारसंहिताको गम्भीर उल्लंघन गरेकाले कारबाही गर्दै वर्गीकरणको नतिजा निकालेको थियो ।

फेसबुक, ट्वीटरलगायत पत्रकार र सञ्चारमाध्यमको सामाजिक सञ्जाल व्यवस्थापनका लागि र ती माध्यमबाट हुने आचारसंहिता उल्लङ्घनलाई काउन्सिलले निगरानी गर्दै आएको छ ।

सामाजिक सञ्जालमार्फत जथाभावी सामग्री राख्नेलाई प्रकृति हेरेर बन्द गराउन सम्बन्धित निकायलाई पत्रचार गर्नेसम्मको तयारी भएको छ ।

सामाजिक सञ्जाल रचनात्मक कम र छाडा बढी भएकाले सञ्चारमाध्यमको दुरुपयोग रोक्न कडा निगरानी र कारबाहीको तयारी भइरहेको अध्यक्ष बस्नेतले बताए ।

काउन्सिलको ३ दिनसम्म बसेको बोर्ड बैठकले नतिजा प्रकाशनदेखि सामाजिक सञ्जाल दुरुपयोग गर्नेमाथि कारबाहीसम्म विभिन्न रणनीति अपनाउने निर्णय गरेको छ ।