मूर्ति चोरीको सजाय तोकिएपछि भागेका मगर चार वर्षपछि समातिए

पुष्कर खड्का (रामेछाप) । रामेछापका एक पुरुष चार वर्षपछि पक्राउ परेका छन् ।
रामेछाप दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ४ गौश्वार पासिवान घर भइ हाल ललितपुरको इमाडोल बस्दै आएका ५८ वर्षीय मानबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मगरलाई जिल्ला अदालत, ललितपुरको ०७४ बैशाख २५ गतेको आदेशले पुरात्वातिक मूर्ति चोरी मुद्धामा दुईवर्र्ष कैद सजाय तोकिएको थियोे । अदालतको फैसला तोकिएलगत्तै मगर फरार रहदै आएका थिए ।
फरार रहेका मगरलाई सोमबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले इमाडोलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मगरलाई जिल्ला अदालत, ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया