NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बारामा करिब तीन लाख नक्कली नोटसहित एक जना पक्राउ

बारा । बारामा नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर २ स्थित हरिहरपुर जानेबाटोमा चेकजाँचको क्रममा शसस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ पिपरियाका किशोरी साह रहेका छन् ।

ना २५ प १९७८ नम्बरको मोटरसाइकलमा सवार साहलाई मंगलबार साँझ ५ बजे चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको हो ।

उनको साथबाट २ लाख ९६ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले बताए ।

उनको साथबाट १२ हजार १४५ सक्कली रुपैयाँ समेत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ