एमसिसीलाई संसदमा ल्याएर सांसदलाई स्वविवेकको निर्णय दिनुपर्छ : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेले अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट परियोजना (एमसिसी)लाई संसदमा ल्याउनुपर्ने बताएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसिसीबारे सांसदलाई स्वविवेकको निर्णय दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गठबन्धनले एमसिसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताए ।
‘सत्तामा रहेका नेताहरु जानीजानी भूराजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ । सुनिरहेका छौं भर्चुअल मिटिङहरु भइरहेका छन्, विदेशीको एडभाइस लिने खालका कुराहरु भइराखेका छन्’, उनले भने ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया