NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमसिसीलाई संसदमा ल्याएर सांसदलाई स्वविवेकको निर्णय दिनुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेले अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट परियोजना (एमसिसी)लाई संसदमा ल्याउनुपर्ने बताएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसिसीबारे सांसदलाई स्वविवेकको निर्णय दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गठबन्धनले एमसिसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताए ।

‘सत्तामा रहेका नेताहरु जानीजानी भूराजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ । सुनिरहेका छौं भर्चुअल मिटिङहरु भइरहेका छन्, विदेशीको एडभाइस लिने खालका कुराहरु भइराखेका छन्’, उनले भने ।