गायक विष्णु खत्री पनि राजनीतिमा
काठमाडौं । चर्चित लोक दोहोरी गायक विष्णु खत्री सक्रिय राजनीतिमा आएका छन् । नेकपा माओवादी केन्द्रमार्फत खत्री राजनीतिमा खुलेका हुन् ।
माओवादी केन्द्रले उनलाई बागलुङको गल्कोट नगर कमिटी उपाध्यक्षको जिम्मेवारी दिएको छ ।
बुधबार सम्पन्न सम्मेलनले खत्रीलाई गल्कोट नगर कमिटी उपाध्यक्षमा चयन गरेको नेकपा माओवादी केन्द्र, बागलुङले जनाएको छ । राजनीतिमा प्रवेश गरेका खत्रीलाई सामाजिक सञ्जालमा शुभेच्छुकको बधाई ओइरिएको छ ।
गायक बद्री पंगेनीले पनि उनलाई सफलताको शुभकामना दिएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि बन्ने कोशिस गरे पनि उनले पाएनन् ।
नगरपालिका प्रमुखका लागि माओवादी पार्टीबाट उम्मेदवार सिफारिस पनि भएका थिए । अन्तिममा विष्णुलाई सहयोग गर्ने उम्मेदवार भएनन् ।
खत्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुने कार्यक्रममा विरलै छुटाउँछन् । हरेक कार्यक्रममा गीत गाउन पुगेकै हुन्छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया