मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित
काठमाडौं । नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित गरे । उनले नेपाल र मोरिसियलबीचको मैत्रीपूर्ण खेलले दुई देशबीचको सुमधूर सम्बन्ध अझ प्रगाढ हुन योगदान पुग्ने विश्वास व्यक्त गरे ।
अखिल नेपाल फुलबल महासंघका अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलका माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार हुने अपेक्षा व्यक्त गरे । काउन्सिलका अध्यक्ष बटु लामिछानेले खेलका साथै व्यावसायका क्षेत्रमा पनि आगामी दिनमा दुई देशबीचको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया