अष्ट्रेलियामा मोटरसाइकल दुर्घटनामा परी नेपाली विद्यार्थीको निधन

काठमाडौं । अष्ट्रेलियाको सिड्नीे लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा हुँदा एक नेपाली विद्यार्थीको निधन भएको छ ।
दुर्घटनामा काठमाडौं चावहिल घर भइ अष्ट्रेलियामा अध्ययनरत २४ वर्षीय अशिम थपलियाको मृत्यु भएको हो ।
उनी बस्ने अपार्टमेन्टबाट डेढ सय मिटर पर सडकको डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएको हो ।
सन् २०१६ मा आइटी पढ्न आएका अशिमको शव नेपाल पठाउनको लागि गो फण्ड मिमार्फत सहयोग संकलन भइरहेको छ ।
प्रतिक्रिया