समाचार प्रकाशनअघि पुष्टि गर्न प्रेस काउन्सिलको निर्देशन
काठमाडौं । नेपाल प्रेस काउन्सिलले सञ्चारमाध्यमका नाममा निर्देशन जारी गर्दै समाचार प्रकाशन गर्नुअघि तथ्यको पुष्टि गर्न भनेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका समयमा विश्व स्वास्थ्य संगठनको हवाला दिँदै समाजमा भ्रम फैलाउने समाचार प्रकाशन भएकाले त्यसप्रति काउन्सिलको ध्यानाकर्षण भएको बताएको छ ।
साथै त्यस्ता समाचार पुष्टि नगरी प्रकाशन गर्न नहुने उल्लेख छ । केही समयअघि अनलाइनहरूमा कोरोना महामारीको अन्त्यलाई लिएर विश्व स्वास्थ्य संगठनको दावी भन्दै समाचार प्रकाशन गरेका थिए ।
उक्त समाचार गलत भएको पुष्टि भएपछि सर्वत्र आलोचना भएको थियो । सोही कारण काउन्सिलले एक दुईवटा समाचारमा मात्र होइन, हरेक समाचार प्रकाशन प्रशारण हुनुअघि पुष्टि गर्न निर्देशन दिएको हो ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया