NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

समाचार प्रकाशनअघि पुष्टि गर्न प्रेस काउन्सिलको निर्देशन

काठमाडौं । नेपाल प्रेस काउन्सिलले सञ्चारमाध्यमका नाममा निर्देशन जारी गर्दै समाचार प्रकाशन गर्नुअघि तथ्यको पुष्टि गर्न भनेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका समयमा विश्व स्वास्थ्य संगठनको हवाला दिँदै समाजमा भ्रम फैलाउने समाचार प्रकाशन भएकाले त्यसप्रति काउन्सिलको ध्यानाकर्षण भएको बताएको छ ।

साथै त्यस्ता समाचार पुष्टि नगरी प्रकाशन गर्न नहुने उल्लेख छ । केही समयअघि अनलाइनहरूमा कोरोना महामारीको अन्त्यलाई लिएर विश्व स्वास्थ्य संगठनको दावी भन्दै समाचार प्रकाशन गरेका थिए ।

उक्त समाचार गलत भएको पुष्टि भएपछि सर्वत्र आलोचना भएको थियो । सोही कारण काउन्सिलले एक दुईवटा समाचारमा मात्र होइन, हरेक समाचार प्रकाशन प्रशारण हुनुअघि पुष्टि गर्न निर्देशन दिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष