ठगीका घटनामा सञ्चार माध्यमको प्रयोग बढ्यो
काठमाडौं । पछिल्लो समय ठगीको स्वरुपमा परिवर्तन आएको छ । सुरक्षा निकायको अनुसन्धानले सूचना प्रविधिको विकाससँगै ठगीको घटनाको स्वरुपमा पनि परिवर्तन आएको प्रतिवेदन तयार पारेका छन् ।
सूचना प्रविधिका आधारमा ठगीमा संलग्नहरुले संचार माध्यमसमेत प्रयोग गर्न लाागेको भन्दै राष्ट्रिय अनुसन्धान विभागले प्रविधिमा आधारित ठगीमा निगरानी बढाउनुपर्ने सुझाव दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएको अनुसन्धान रिर्पोटमा यस्तो सुझाव दिएको हो । यस्ता ठगीका लागि सञ्चार माध्यमको प्रयोग गरी भ्रामक सूचना संप्रेशण गर्ने र त्यसका आधारमा एसएमएस, इमेल तथा फोन गरेर ठगी हुने क्रम बढेको छ ।
‘हालका दिनहरुमा ठगी गर्ने गिरोहले एसएमएस, इमेल, विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालको प्रयोग गरि लोभलाग्दा भ्रामक सूचनाको आधारमा ठगी गर्ने प्रवृती बढेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस्ता गतिविधीलाई समयमै चनाखो भएर नियन्त्रण गर्नुपर्ने छ ।’
बाँके नेपालगञ्जका किर्तनप्रसाद गौतमको मोबाइलमा भारतीय नम्बरबाट १० तोला सुन र ५० हजार डलर जितेको भन्दै भ्रामक सूचना आएको थियो । त्यसका लागि सुरुमा केही लाख रुपैयाँ तोकिएको बैंक अकाउन्टमा हाल्नुपर्ने भनिएको थियो ।
भारतीय नम्बर प्रयोग गरेर भ्र्रामक सूचनामार्फत ठगीको प्रयास गर्ने व्यक्ति नेपाली नागरिक अशोककुमार गुप्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । यस्ता घटना हरेक दिन बढिरहेको भन्दै प्रविधिको प्रयोग गरी यस्ता ठगीमाथि निगरानी बढाउन राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई सुझाव दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले नेपालवाचलाई जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया