रामेछापमा आज थप ९ जनामा कोरोना सङ्क्रमण हुँदा ५१ जना संक्रमणमुक्त
पुष्कर खड्का(रामेछाप) – रामेछाप जिल्लामा आज बिहीबार थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय जना पुगेको छ ।
स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार बिहीबार जिल्लामा २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए ।
अधिकृत थापाले दिएको जानकारी अनुसार मन्थली नगरपालिकामा ३३, रामेछाप नगरपालिकामा ४८, उमाकुण्ड गाउँपालिकामा १७, खाँडादेवी गाउँपालिकामा २२, गोकुलगङ्गा गाउँपालिकामा ११, लिखुतामाकोसी गाउँपालिकामा २८, दोरम्बा सैलुङ गाउँपालिकामा ३ र सुनापति गाउँपालिकामा ११ जना गरी १७३ जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् ।
त्यसैगरी जिल्ला अस्पतालमा १६, उमाकुण्ड गाउँपालिकामा २, लिखुतामाकोसी गाउँपालिकामा ८ र सुनापति गाउँपालिकामा १ जना गरी २७ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा बसेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
बिहीबार थप ५१ जना संक्रमण मुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ सय ५ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्लामा बिहीबार मन्थली नगरपालिकाबाट १०, रामेछाप नगरपालिकाबाट ११, उमाकुण्ड गाउँपालिकाबाट ४, खाँडादेवी गाउँपालिकाबाट ६, गोकुलगंगा गाउँपालिकाबाट ९, दोरम्बा सैलुङ गाउँपालिकाबाट २, लिखुतामाकोसी गाउँपालिकाबाट १ र सुनापति गाउँपालिकाबाट ८ जना गरी ५१ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।
ताजा अपडेट
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक


प्रतिक्रिया