NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

उखुबारी प्रकरण : जग्गाको लेनदेनले तीन जनाको हत्या, तीन जना पक्राउ

काठमाडौं । मोरङ धनपालथान उखुबारीमा माघ १२ गते भेटिएको २ जनाको शव र काठमाडौं गोठाटारमा भेटिएको शवकोबारेमा अनुसन्धान अघि बढ्दै जाँदा लेनदेनका कारण हत्या भएको खुलाशा भएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

मोरङ जहदाका बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनारलाई विराटनगरबाट, सिराहा–२१ का ३१ वर्षीय अनिलकुमार मण्डललाई काठमाडौं बल्खुबाट र मोरङ धनपालथानकाल ६२ वर्षीय नासिर आलमलाई विराटनगरबाट पक्राउ गरिएको हो ।

धनपालथान–७ का दिलिप सिंहको उखुबारीमा माघ १२ गते, सप्तरीका ३२ वर्षीय शम्भु कुमार चौधरी र सुनसरीका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको शव गाडिएको अवस्थामा फेला परेको थियो ।

त्यस्तै उक्त समुहका तेह्रथुमका ६३ वर्षीय मोहन लिम्बुको शव ललितपुर ठेचो, चरङ्गखेलस्थित गोदाम घर रहेको कम्पाउण्डमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खाल्डो खन्न र पुर्न प्रयोग भएको एउटा कोदालो तथा ६ प्याकेट आयो नुन बरामद गरिएको छ ।

प्रहरीका अनुसार जग्गाको कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।