NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

अनाहकमा पाठेघर फाल्नुपरेपछि जन्मिएको कविता

‘मलाई अस्पताल पटक्कै मन पर्दैन’
त्यहाँ जे पनि हुनसक्छ
निमेषभरमै एउटा जिन्दगी
मृत घोषित हुनसक्छ
मृत शरीरमाथि लालची राजनीति हुनसक्छ ।’

सिक्किममा रहेर साहित्य सिर्जनामा तल्लीन चर्चित कवि जीविका अश्रुको हालै प्रकाशित कविता संग्रह ‘भोकको भाइरस’ का यी मार्मिक पंक्तिहरू हुन् ।

०५० बाट फुटकर कविता लेख्न थालेकी अश्रुले विवाहपछि लगभग लेखन रोकिएझैं चुपचाप बस्नुप¥यो । महिला पनि त हुन् नि, अनेक व्यवहारिक पक्षसँग भिड्नुपर्छ ।

‘लामो विश्रामपछि फेरि नौ वर्षअघिबाट साहित्यमा आएकी हुँ,’ अश्रु भन्छिन् ।

‘कस्तो छ त अचेल सिक्किमको साहित्यिक माहोल ?’

उनको जवाफ छ, ‘सिक्किम भाषा संस्कृतिले मलिलो ठाउँ हो । यहाँका शासकहरूले पनि भाषा साहित्यका लागि मरिमेट्ने गरेको पाइन्छ । चाहे डा.नरबहादुर भण्डारी हुन्, चाहे पवन चाम्लिङ या त फेरि वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ नै किन नहुन्, सबैमा सहित्यप्रति अगाध लगाव छ । उहाँहरुले आफ्नो आफ्नो समयमा साहित्यको विकासका लागि विशेष जोड दिएको पाइन्छ । साथै उहाँहरू आफैं पनि कवि लेखक नै हुनुहुन्छ ।’
सिक्किम र नेपाललाई भाषा, साहित्य, संगीत, संस्कृतिले जोडेको छ । भूगोल फरक होला, तर भावना र भाव संवेग एउटै छ ।

‘हो, साहित्यलाई कहिले पनि सिमानाले रोक्दैन, त्यसैले सिक्किम र नेपालको सम्बन्ध गाढा छ,’ अश्रु भन्छिन् ।

महिलाको बारेमा केही भनुँ भने नारीवादी, फेमिनिस्ट आदिको तक्मा भिरिने पीर । नभनौं, आगोबाट फुत्केर तावामा सेकिनुपर्ने अवस्था

‘भोकको भाइरस’ कविता संग्रहको रचना गर्भबारे भनिदिनुस् न ?’

हाम्रो प्रश्नमा अश्रु घोत्लिइन्, ‘कविता प्रायः आफूलाई कुन कुराले छुन्छ त्यस विषयमा नै लेखिन्छ झै लाग्छ । ‘भोकको भाइरस’भित्र ४५ वटा कविता छन् । त्यसमध्ये भोकको भाइरस एउटा कविताको शीर्षक हो र यो कविताको रचना गर्भ भन्नुपर्दा मेरो आफ्नो पीडा नै बोलेको छ ।’
‘कस्तो पिडा ?’

‘मेरो पाठेघरको अपरेसनपछि मलाई यो कविता लेख्न मन लाग्यो । धेरै ठूलो समस्या नहुँदा नहुँदै पनि डाक्टरको सल्लाहबमोजिम अपरेसन गरेर पाठेघर जब फाल्नुप¥यो, तब मलाई लाग्यो, कसैको भोकको लागि मेरो नानीहरू बसेको घर भत्काइयो, निकालियो अनि फालियो । यदि ती भाइरसहरूले सही सल्लाह दिएका भए त्यसो गर्न नपर्ने रहेछ,’ अश्रुले करिब–करिब अश्रुभावमै उनले आफ्नो पीडा पोखिन् ।

महिला साहित्यकारले लेख्ने भनेको आफ्नै वेदना हो । महिला अर्थात् आधा धर्ती । धर्तीले कति व्यथा र पीडा सहनुपर्छ । महिला आफैंमा महाभारत काव्य हुन् । सायद यही संवेदना अश्रुमा पनि छ ।

‘महिला साहित्यकारको संवेदना कस्तो हुँदोरहेछ ?’

‘बडो अप्ठ्यारो प्रश्न गर्नुभयो । महिलाको बारेमा केही भनुँ भने नारीवादी, फेमिनिस्ट आदिको तक्मा भिरिने पीर । नभनौं आगोबाट फुत्केर तावामा सेकिनुपर्ने अवस्था । सबैलाई थाहा भएकै कुरा त हो । पिृतसत्तात्मक भूगोलमा महिलाको संवेदना कस्तो हुन्छ भनेर ।’

पक्कै, संवेदना सबै व्यक्त गर्न सकिँदैन । कवितामा मात्र पनि पोख्न सकिँदैन । लेखनको बृहत् क्षितिज चाहिन्छ । त्यसैले सोधियो, ‘आख्यान लेख्ने विचार के छ ?’

उनी भन्छिन्, ‘अहिले यसै भन्न सकिन्न । समयसँगै बग्दै जाँदा कहाँ र कसरी तय गरिन्छ साहित्यिक यात्रा, हेर्दै जाऊ समयले बताउनेछ ।’

अश्रुको नयाँ कृति ‘भोकको भाइरस’ नेपाली डायस्पोरामा कुन हदसम्म लोकप्रिय भइरहेको छ भने, कृति पढनासाथ सिक्किमकै साहित्य अनुरागी पुण्य शर्माले संक्षिप्त समीक्षा लेखे– ‘जीविका अश्रु अथक कवयत्री हुन्, लेखेर थाक्दिनन् । अनि नयाँ–नयाँ ऐतिहासिक ठाउँमा गरेका भ्रमण र भेटका महापुरुषहरूसित खिचिएका लोभलाग्दा फोटाहरू साझा गर्न किञ्चित पछि पर्दिनन् पनि ।’

देश–विदेशका सम्मान र पुरस्कारले पुजिएकी कवयित्री गान्तोकको जनपक्ष प्रकाशनमा स्वयं पाउकष्ट गरेर उनीद्वारा लेखिएको र नेपालका साहित्यानुरागी राजु खतिवडा र नियात्रा कार्कीले प्रकाशन गरिएको अति आकर्षित कृति ‘भोकको भाइरस्’ हात लगाइन् ।

सिक्किम र नेपाललाई भाषा, साहित्य, संगीत, संस्कृतिले जोडेको छ । भूगोल फरक होला, तर भावना र भाव संवेग एउटै छ

खुबै सुन्दर कलेवरमा प्रकाशित कृतिको चार–पाँच कविता पढेपछि थाहा पाइयो कवयत्रीले कल्पनामा निथ्रुक्क भिजेर रचना गरेकी छन् । भनिन्छ, एक सिता भात छामेपछि भाँडाभरि पाकेको नपाकेको थाहा पाइन्छ !

मृत्यु कसैको हातमा हुँदैन, समयले आफ्नो पालो पर्खिन्छ । भगवानहरू बसेका ठाउँमा तुच्छ राजनीति हुनु मानवता होइन । अस्पताल देवालय हो । प्रत्येक डाक्टर देवतातुल्य हुन्छन्, पूजनीय । धेरै वटा राजनीतिले धमिल्याउँन सक्छ ।

‘उनीलाई त
समाजका गन्यमान्य भनाउँदा
कीटाणुहरूसँग डर छ
जसले श्रमिकलाई
मानवझैं व्यवहार रत्तिभर गर्दैनन्

पसिनाको कदर गर्दैनन् ।’

श्रमिकले बनाएको महलमा बस्छ, गाडीमा चढेर यो देशदेखि पल्लो देश पुग्छ, सिएको लुगा लगाएर धाक पिट्छ, बनाइएका भाँडामा पकाइएका मीठा मीठा पकवानको स्वाद लिन्छ तर श्रमिकले पाउने पसिनाको कमाइमा लोभ गर्छ । कस्तो प्रजातन्त्र हो ? कस्तो समाजवाद हो ?
कविताले सबैथोक बोकेका छन्, जसरी आँखाबाट झरेका अश्रुहरूले पीडा, खुसी, आभार, मिलन र बिछोड दर्साइरहेका हुन्छन्

कवयित्रीबाट धेरै कृतिहरूको आशा राखेँ, शुभेच्छा र शुभकामना !’