NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

प्रमुख जिल्ला अधिकारी डाेजर लिएर हिउँ पन्छाउन पुगिन् राजमार्गमा

जुम्ला । कर्णाली राजमार्गमा जमेको हिउँ डोजर लगाएर पन्छाउन थालिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको टोलीले डोजर लिएर हिउँ पन्छाउन थालेको छ ।

कर्णाली राजमार्गको जुम्ला खण्डको सडकमा झण्डै एक फिट हिउँ जमेको छ । हिउँमा सवारी चलाउँदा चिप्लिने डरले गर्दा सवारीसाधन चल्न सकेका छैनन् ।

आजदेखि मौसम सफा भएपछि काम गर्न सहज भएको सहायक प्रजिअ प्रमिला रिजालले बताइन् ।

सडक खुलाउनका लागि सदरमुकाम खलङ्गाबाट दुई डोजर प्रयोग भएका छन् । सडक डिभिजनलाई सडक खुलाएर सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताइन् ।

हिमपातका कारण कर्णालीको सडक मार्ग खुलेको छैन । भारी हिमपातका कारण जुम्लाको हवाई सेवा प्रभावित बनेको छ ।