भोलिबाट जोरबिजोर हटाउन सीसीएमसीको सिफारिश

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय समिति(सीसीएमसी) ले भोलिबाट निजी सवारीसाधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिश गरेको छ । समितिको आज बसेको बैठकले जिल्ला प्रशासन कार्यालयलाई उक्त सिफारिश गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
त्यस्तै रात्रिकालिन व्यवसाय, जिम, फुटसल, डान्सबार, स्वीमिङ पुल पनि फागुन १ गतेबाट सचालनमा ल्याउनका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डउन र गृश मन्त्रालयलाई सिफारिश गरिएको छ ।
नेपालका अनुसार समितिले विद्यालय तथा विश्वविद्यालयस्तरका पठनपाठन पनि सुरु गर्न सिफारिश गरेको छ । १२ वर्ष भन्दा माथिका उमेरसमूहका विद्यार्थीलाई भौतिक उपस्थितीमा नियमित पठनपाठन गराउन सिफारिश गरेको छ । त्यस्तैगरी १२ वर्ष भन्दा तलका विद्यार्थीको हकमा भने आलोपालो गरेर कक्षा सञ्चालन गर्न सिफारिश गरिएको छ ।
समितिले पार्टी प्यालेसमा पनि ५० जना र बढीमा सय जनाको उपस्थिती रहन पाउनुपर्ने गरी अनुमति दिन सिफारिश गरेको छ । त्यस्तै, खाेप कार्ड हराएका व्यक्तिलाई सहज रुपमा कार्ड उपलब्ध गर्ने वातावरण मिलाउन पनि स्वास्थ्य मन्त्रालयलाई सिफारिश गरिएको छ ।
जिल्ला समन्वय समिति(डीसीसीएमसी) लाई पनि महामारीको जोखिमलाई मध्यनजर गरेर अवस्था खुकुलो बनाउनका लागि सिफारिश गरिएको नेपालले जानकारी दिइन् ।
ताजा अपडेट
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
प्रतिक्रिया