NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

म्याग्दीमा अवरुद्ध विद्युत् र सञ्चार सेवा सञ्चालनमा

म्याग्दी । गत बिहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध म्याग्दीको धौलागिरि गाउँपालिका–१, गुर्जाको विद्युत् र सञ्चार सेवा सञ्चालनमा आएको छ । स्थानीयवासीको सहयोगमा विद्युत् र सञ्चारका उपकरणको मर्मतपछि ती सेवा तीनदिनपछि पूर्ववत् सञ्चालन भएका धवलागिरि–१, गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए ।

उनका अनुसार यही माघ २० गते बिहानैदेखि गुर्जामा हिउँले ती उपकरणमा क्षति पुर्याएपछि सेवा अवरुद्ध भएको थियो ।

विद्युत् सेवा सञ्चालनमा आएसँगै मोबाइल र इन्टरनेट सेवा समेत खुलेका छन् । गुर्जा क्षेत्रमा अझैसम्म तीन फिटभन्दा बढी हिउँ जमेको उनले जानकारी दिए ।

यसैगरी हिमपातका कारण अवरुद्ध भएको लुलाङदेखि गुर्जा जाने पदमार्ग पनि खुलाउने प्रयास भैरहेको उनले बताए ।