भन्सार छलेर ल्याएको सुन, मोबाइल तथा ल्यापटपसहित चारजना विमानस्थलबाट पक्राउ
काठमाडौं । अवैध रुपमा भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जना पक्राउ परेका छन् । उनीहरूलाइ आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनको पार्किङबाट प्रहरीले पक्राउ गरेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ–८का ३० वर्षीय पदम बहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मान सिंह विश्वकर्मा, झापा शिवसताक्षी–९का २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा–१९का ३२ वर्षीय गोकुल डल्लाकोटी रहेका छन् ।
भन्सार छलेर सामान ल्याउने तीनजना जजिरा एयरको उडानमार्फत दुवईबाट कुवेत हुँदै काठमाडौं आएका थिए । पदम बहादुर, मान सिंह र समिर प्रत्येकको साथबाट ५८ ग्राम तौल बराबरको एक–एक वटा सुनको सिक्री, तिन–तिन वटा मोबाइल र एक–एक वटा ल्यापटप फेला परेको हो ।
प्रारम्भिक अनुसन्धानबाट उक्त सामानहरू भन्सार छलि गरेर ल्याउन गोकुलले लगाएको र उनी उक्त सामान लिन विमानस्थल आएको देखिएको छ ।
उनीहरूलाई बरामद सामानहरूसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया