प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि सर्यो

काठमाडौं । प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा आज साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।
यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।
प्रतिक्रिया