सात हजार ३४४ प्रहरी जवानको एकैपटक सरुवा

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गएका बेला नेपाल प्रहरीले एकैपटक सात हजार ३४४ प्रहरी जवानको सरुवा गरेको छ ।
आमामी वर्षको बैशाख ३० मा हुने तय भएको चुनावको तयारीस्वरूप प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानको सरुवा गरेको बताइएको छ ।
ती प्रहरी जवानले फागुनदेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया