NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

धितोपत्र बोर्डको अध्यक्षमा छानिएकाको अन्तर्वार्ता मिति तय

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छानिएका पाँच जनाको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता फागुनमा हुने भएको छ ।

अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आज सूचना निकाल्दै पाँच जनाको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ता फागुन १ गते दुई चरणमा गर्ने भएको जनाएको छ ।

समितिले १५ जनाबाट पाँच जनाको नाम छनोट गरेको छ । छनोटमा पर्नेहरूमा नीरज गिरी, कृष्णराज पोखरेल, रमेश हमाल, डा. गोपाल भट्ट र खगेन्द्र कटुवाल रहेका छन् ।

छनोटमा परेका हमाल पूर्वगैरआवासीय नेपाली हुन् भने भट्ट राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । त्यस्तै, कटुवाल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् भने गिरी बोर्डकै बहालवाला कार्यकारी निर्देशक र पोखरेल उपकार्यकारी निर्देशक हुन् ।

समितिका अनुसार फागुन १ गते १ बजेसम्म पोखरेल, कटुवाल र भट्ट तथा ४ बजेसम्म गिरी र हमालको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ । बोर्डको अध्यक्ष हुनेले अब करिब दुई वर्ष काम गर्न पाउने छ ।