खुल्यो भीमदत्त राजमार्ग
डाेटी । स्थानीयवासीको अवरुद्धका कारण बन्द रहेको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । उक्त राजमार्गअन्तर्गतको डोटीको जोरायल गाउँपालिका–१ गोगनपानीमा आज डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृत अवस्थामा फेला परेपछि उचित छानविनको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए ।
गोगनपानी सडकमा बालक मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले गरेको राजमार्ग अवरुद्ध अहिले सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । उनका अनुसार बन्दकर्तासँग घटनाको निष्पक्ष छानविन गर्ने सहमति भएपछि राजमार्ग खुलाइएको हो । मृतकको शवपरीक्षणका लागि अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
यही माघ २३ गते राति बिहेमा गएका नाथ आज घर फर्किने क्रममा गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका हुन् । राजमार्ग अवरुद्ध हुँदा त्यहाँ जाममा परेका सवारी साधन अहिले आफ्नो गन्तव्यतिर लागेका प्रहरीचौकी गैराले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया