लागूऔषधसहित एक पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२७, बगादी खोला बस्ने २७ वर्षीय सरोज कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
पक्राउ परेका कुमालको साथबाट प्रहरीले डाइजोपाम–४६, एम्पुल, फेनारगन–४३ एम्पुल र नुर्फिन–४३ एम्पुल गरी कुल १३२ एम्पुल लागुऔषध, एक थान मोबाइल र १८ हजार नगद बरामद गरेको उनले भने । कुमाललाई लागुऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया