अख्तियारद्वारा वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका–५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिल्लाको तत्कालीन सहोडवा गाविस–१ हाल पिपरा गाउँपालिका–५ का वडाध्यक्ष यादवले स्थानीय सुब्बा पोखरी हकभोग गरेबापत गाविस कार्यालयलाई ठेक्काबापतको बुझाउनुपर्ने रकम नबुझाई आफूलाई गैरकानूनी लाभ पु¥याई बदनियतपूर्वक सार्वजनिक सम्पत्ति नोक्सानी गरेकाले उनीविरुद्ध रु ३५ लाख २१ हजार २०४ मागदाबी लिई विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
साविकको सहोडवा गाविस–६ मा पर्ने सुब्बा पोखरीको तत्कालीन गाविस कार्यालयले २०७१ साल भदौ १ गतेदेखि २०७६ साल भदौ मसान्तसम्मको ठेक्का बन्दोबस्त हुँदा पोखरी हकभोगको ठेक्का यादवको नाममा स्वीकृत गरेको तर निजले पोखरी हकभोग गरेबापत गाविस कार्यालयलार्ई रकम नबुझाएको भन्ने उजुरी उनीविरुद्ध परेको थियो ।
उक्त उजुरीउपर आयोगले अनुसन्धान गर्दा यादवले २०७३ साल माघ ४ गतेसम्ममा जम्मा रु १९ लाख ४२ हजार ८०१ गाविसलाई बुझाएको र वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाएको पुष्टि भएको आरोपपत्रमा उल्लेख गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया