ओलीले सभामुख सापकोटामाथि लगाएका ६ आरोप
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाविपरीत संसद् चल्न नदिएको आरोप लगाएका छन् ।
सातै प्रदेशमा स्थानीय चुनाव केन्द्रित कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल प्रविधिमार्फत शुक्रबार उद्घाटन सम्बोधन गर्दै उनले सभामुखलाई कारबाही नगरेसम्म संसद् चल्न नसक्ने बताए ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले सभामुख सापकोटामाथि विभिन्न आरोप लगाए । ती आरोप यस्ता छन् :
१. सभामुख सापकोटाले पदीय मर्यादा नाघेर संसद् चल्न दिएनन् । उनले पदीय मर्यादाविपरित संसद् बैठक स्थगित गने गर्छछन् ।
२. हामीले कारबाही गरेका १४ सांसदलाई अर्कै पार्टी (एकीकृत समाजवादी)मा वैधानिकता दिलाए ।
३. एमाले विभाजनमा सहभागी भए ।
४. हाम्राविरुद्ध अदालतमा मुद्दा दायर गर्ने काम गरे ।
५. चुनाव हुन नदिनेजस्ता षड्यन्त्रमा लागे ।
६. सभामुख स्वार्थकेन्द्रित रहेर विदेशी सम्बन्ध बिगार्न लागिपरेका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया