NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

ओलीले सभामुख सापकोटामाथि लगाएका ६ आरोप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाविपरीत संसद् चल्न नदिएको आरोप लगाएका छन् ।

सातै प्रदेशमा स्थानीय चुनाव केन्द्रित कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल प्रविधिमार्फत शुक्रबार उद्घाटन सम्बोधन गर्दै उनले सभामुखलाई कारबाही नगरेसम्म संसद् चल्न नसक्ने बताए ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले सभामुख सापकोटामाथि विभिन्न आरोप लगाए । ती आरोप यस्ता छन् :

१. सभामुख सापकोटाले पदीय मर्यादा नाघेर संसद् चल्न दिएनन् । उनले पदीय मर्यादाविपरित संसद् बैठक स्थगित गने गर्छछन् ।

२. हामीले कारबाही गरेका १४ सांसदलाई अर्कै पार्टी (एकीकृत समाजवादी)मा वैधानिकता दिलाए ।

३. एमाले विभाजनमा सहभागी भए ।

४. हाम्राविरुद्ध अदालतमा मुद्दा दायर गर्ने काम गरे ।

५. चुनाव हुन नदिनेजस्ता षड्यन्त्रमा लागे ।

६. सभामुख स्वार्थकेन्द्रित रहेर विदेशी सम्बन्ध बिगार्न लागिपरेका थिए ।