NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

मोबाइल एपबाटै पाँच लाखसम्म कर्जा लिन पाइने, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल एप जस्ता विद्युतिय माध्यमबाट कर्जा लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि आएको छ । यसलाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो मार्गदर्शन बनाएको जनाएको छ ।

विद्युतीय कर्जासम्बन्धी मार्गदर्शनले सूचना प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई छिटो छरितो, सरल र सहज रुपमा कर्जा प्रदान गर्ने उद्देश्य रहेको बैंकले जनाएका छ । साथै कर्जा प्रवाहमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्ने, कर्जा प्रवाहको लागत कम गर्नेलगायत उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ ।

बैंक वित्तीय संस्थाहरूमा तलबी खाता रहेको वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेको ग्राहकको हकमा अधिकतम ५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाखसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सक्ने छन् । यस्तो कर्जाको अवधि अधिकतम तीन वर्षसम्म हुनेछ । साथै कर्जा प्रदान गर्दा फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिनेछ ।

यस्तो छ कर्जा प्रवाहको प्रकृया

ग्राहकसँग कर्जाको आवेदन लिँदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाहसम्बन्धी छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल एपको माध्यमबाट समेत यस्तो कर्जा आवेदन प्राप्त गर्न सक्नेछन् ।

आवेदन प्राप्त भएपश्चात बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग सम्बन्धित सूचना तथा तथ्याङ्क विभिन्न स्रोतबाट विद्युतीय माध्यममार्फत प्राप्त गर्नुपर्नेछ ।

कर्जाको आवेदन दिने ग्राहक कर्जा प्राप्त गर्न योग्य भए नभएको पर्याप्त विश्लेषण गरी योग्य आवेदकलाई विद्यतीय माध्यमबाट कर्जा स्वीकृत भएको जानकारी गराउनु पर्नेछ ।

स्वीकृत कर्जा रकम प्रवाह गर्दा सम्बन्धित ग्राहकको खातामा जम्मा गरी सोको जानकारी ग्राहकलाई दिनु पर्नेछ ।

कर्जासम्बन्धी कागजातहरू विद्युतीय माध्यममा सुरक्षित राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।

कर्जा प्रवाह प्रकृयाँ ग्राहक बैंक तथा वित्तीय संस्थाको कर्तव्य तथा उत्तरदायित्व ग्राहक संरक्षणसँग सम्बन्धित विषयहरू कर्जासम्बन्धी गुनासो सुनुवाइको व्यवस्था सम्बन्धमा विद्युतीय माध्यमबाट पर्याप्त जानकारी दिने व्यवस्था मिलाउनु पर्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष