फागुनदेखि ब्याज बढाउने बैंकर्स संघको निर्णय
काठमाडौं । नेपाल बैंकर्स संघलाई नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउन निर्देशन दिएसँगै फागुनदेखि बैंकहरूले निक्षेपको ब्याजदर बढाउने भएका छन् ।
शुक्रबार बसेको बैकर्स संघको कार्यसमितिको बैठकले फागुनदेखि लागू हुने सबै प्रकारको निक्षेप खातामा ब्याजदर बढाउने निर्णय गरेको हो ।
संघको बैठकले व्यक्तिगततर्फ मुद्दतिमा ११.०३ प्रतिशत, संस्थागतमा १०.३ प्रतिशत पुर्याउने निर्णय गरेको हो ।
बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्याउने निर्णय बैंकर्स संघले गरेको हो । कार्यसमिति बैठकपछि संघले आफ्ना सदस्यलाई सोही अनुसार निर्णय गर्न निर्देशन दिएको छ ।
माघ महिनामा व्यक्तिगत तर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया