फागुनदेखि ब्याज बढाउने बैंकर्स संघको निर्णय
काठमाडौं । नेपाल बैंकर्स संघलाई नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउन निर्देशन दिएसँगै फागुनदेखि बैंकहरूले निक्षेपको ब्याजदर बढाउने भएका छन् ।
शुक्रबार बसेको बैकर्स संघको कार्यसमितिको बैठकले फागुनदेखि लागू हुने सबै प्रकारको निक्षेप खातामा ब्याजदर बढाउने निर्णय गरेको हो ।
संघको बैठकले व्यक्तिगततर्फ मुद्दतिमा ११.०३ प्रतिशत, संस्थागतमा १०.३ प्रतिशत पुर्याउने निर्णय गरेको हो ।
बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्याउने निर्णय बैंकर्स संघले गरेको हो । कार्यसमिति बैठकपछि संघले आफ्ना सदस्यलाई सोही अनुसार निर्णय गर्न निर्देशन दिएको छ ।
माघ महिनामा व्यक्तिगत तर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया