हुम्लामा अवरुद्ध हवाई सेवा सञ्चालनमा

सिमकोट । हावाहुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा पुनः आजदेखि नियमित भएको छ । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरुद्ध हवाई सेवा नियमित भएको जनाएको छ । हावाहुरीले एक दिन उडान अवरुद्ध भएको थियो ।
हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो । समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन् । सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी भएको छ ।
हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एअरको जहाज फिर्ता भएको थियो । त्यस्तै तारा र समिट एअरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया