NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते
सन्दर्भ ‘जनयुद्ध दिवस’

माओवादीभित्र इमान्दार लाखापाखा, अवसरवादीलाई काखा

रोजाइमा अवसरवादी पर्दा टाढिँदै जनयुद्धकालीन सहकर्मी

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मूर्ति चोरीका अभियुक्त कार्चेन लामालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेपछि यतिबेला यसको सर्वत्र आलोचना भइरहेको छ ।

कार्चेनले चीनको ताक्लाकोटस्थित खोचेर गुम्बाको १२ सय वर्ष पुरानो मूर्ति चोरेका थिए । गैरसांसद समेत रहेका कार्चेन फौजदारी अभियोगमा दुई वर्ष जेल सजाय र पाँच हजार जरिवाना पाएका व्यक्ति हुन् । ०७८ असोज ११ गते जेलबाट छुटेपछि कार्चेनले माओवादीमा प्रवेशको रुचि देखाएपछि माओवादीले पनि रेड कार्पेट ओछ्याएर स्वागत गरेको थियो ।

नेकपा (माओवादी) केन्द्रले इमानदार, त्यागी र पुराना नेता कार्यकर्तालाई उपेक्षा गर्दै बदनाम, भ्रष्ट अनि आपराधिक चरित्रका मानिसलाई बढावा दिएको यो पछिल्लो उदाहरण हो ।

माओवादीले सञ्चालन गरेको प्रत्यक्ष जनयुद्धमा सहभागी कैयन् मन्त्रीका लागि लायक हुँदा–हुँदै अदालतबाट कैद सजाय सुनाइएका व्यक्तिलाई मन्त्री नियुक्त गरिएपछि माओवादीमा असन्तुष्टि बढेको छ ।

माओवादी केन्द्रभित्र इमानदारलाई पाखा र बदनामलाई काखाको यही रवैया देखेर होला, हालै पार्टीको आठौं महाधिवेशनमा सहभागी हुन आएका बाजुराका बयोबृद्ध प्रतिनिधि सन्तबहादुर शाहीले भनेका थिए, ‘माओवादी पार्टी खराब होइन, नेता खराब भए । अवसरवादी नेताहरूकै दबदबा भएकाले पार्टीमा खराब प्रवृत्तिका मानिसहरू हाबी भए ।’

सूर्यबहादुर सेन ओली, लोकमान सिंह कार्की, कुमार फुदोङ, अजय सुमार्गीजस्ता पात्रलाई च्याप्न थालेपछि नै प्रचण्डका आँखाले असललाई खराब र खराबलाई असल देख्न थालेका हुन्, जसले गर्दा माओवादीका असल नेता–कार्यकर्ता पाखा लाग्दै गए, खराब, भ्रष्ट, बेइमान, आपराधिक चरित्रका मानिसहरू काखा हुँदै गए । माओवादी स्खलनको एउटा मुख्य कारण यही हो

पार्टीमा धनी, पुँजीपति, ठेकेदार, जग्गा दलाल, भूमाफिया, शैक्षिक र मेडिकल माफिया, भ्रष्ट उद्यमी, कालो बजारियालगायत चरित्रका विचौलिया दलालहरूले नेताहरूलाई घेराबन्दीमा राखेका कारण पार्टी क्रान्तिको सही दिशाबाट भड्किएको अढाइ दशकदेखि पार्टीमा सक्रिय नेता शाहीको गुनासो थियो ।

शान्ति प्रक्रियामा आएपछि माओवादीमा इमानदार पाखा लाग्दै गए । प्रचण्डचाहिँ पूर्वअञ्चलाधीश सूर्यबहादुर सेन ओली, गुप्तचर विभागका प्रमुख श्रीपुरुष ढकाल, पूर्व डिआइजी अशोक श्रेष्ठ, गोपालमान श्रेष्ठ, सुधीरकुमार शाह, लोकमान सिंह कार्की, पूर्व जर्नेल कुमार फुदोङ, अजय सुमार्गीदेखि रमेशनाथ पाण्डेसम्मको चंगुलमा फस्दै गए

हुन पनि शान्ति प्रक्रियामा आएपछि माओवादीमा इमानदार पाखा लाग्दै गए । प्रचण्डचाहिँ पूर्वअञ्चलाधीश सूर्यबहादुर सेन ओली, गुप्तचर विभागका प्रमुख श्रीपुरुष ढकाल, पूर्व डिआइजी अशोक श्रेष्ठ, गोपालमान श्रेष्ठ, सुधीरकुमार शाह, लोकमान सिंह कार्की, पूर्व जर्नेल कुमार फुदोङ, अजय सुमार्गीदेखि रमेशनाथ पाण्डेसम्मको चंगुलमा फस्दै गए ।

सुमार्गीका ‘सारथी’

शान्ति प्रक्रिया प्रारम्भ हुनासाथ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा एकजना नौलो मानिसलाई पत्रकारहरूले देख्न थाले । अन्य माओवादी नेता, कार्यकर्ता त चिनिन्थे तर प्रचण्डको बेडरुममै पुग्नसक्ने ती नौलो मानिस को हुन् भन्ने जिज्ञासा बढदै गयो । अन्ततः पत्ता लाग्यो, उनी अजय सुमार्गी नामका व्यापारी रहेछन् ।

हेटौंडामा कुनै बेला रूपचन्द्र बिष्टका कार्यकर्ता रहेका र सांस्कृतिक कार्यक्रममा मादल बजाउँदै हिँड्ने सुमार्गी रातारात कसरी धनी भए भन्ने कौतुहल बढदै गयो । सानो देशमा आखिर पत्ता लागिहाल्यो, सुमार्गी र प्रचण्डको साइनो ।

कुनै बेला हेटौंडामा चुनखानी स्थापना गर्दा सामान्य ऋणसमेत तिर्न नसक्ने सुमार्गीको जीवनमा तब धनको वर्षा हुन थाल्यो, जब उनको सम्पर्क माओवादी अध्यक्ष प्रचण्डसँग हुन गयो । राजतन्त्र रहुञ्जेल राजाका ज्वाइँ राजबहादुर सिंहका बिजनेस पार्टनर रहेका र दरबारियाहरूसँग उठबस गर्ने सुमार्गी एकाएक गणतन्त्रवादी नेता प्रचण्डसँग कसरी निकट हुनसके ? 

कुनै बेला हेटौंडामा चुनखानी स्थापना गर्दा सामान्य ऋणसमेत तिर्न नसक्ने सुमार्गीको जीवनमा तब धनको वर्षा हुन थाल्यो, जब उनको सम्पर्क माओवादी अध्यक्ष प्रचण्डसँग हुन गयो । राजतन्त्र रहुञ्जेल राजाका ज्वाइँ राजबहादुर सिंहका बिजनेस पार्टनर रहेका र दरबारियाहरूसँग उठ्बस् गर्ने सुमार्गी एकाएक गणतन्त्रवादी नेता प्रचण्डसँग कसरी निकट हुनसके ?

यसमा शंका छैन, प्रचण्डले नै उनलाई काखी च्यापे । बुर्जुवा संसदीय अभ्यासमा भिड्न कुस्त आर्थिक जोहो गर्नुपर्छ भन्ने बुझेका प्रचण्ड आफ्नो एउटा अनधिकृत आर्थिक माफिया खडा गर्न चाहन्थे । त्यसका लागि उनले सुमार्गीलाई उपयुक्त ठाने ।

माओवादी नेता स्वनाम साथीले ०६३ सालतिर प्रचण्डसँग सुमार्गीको ‘कनेक्सन’ मिलाइदिएका थिए । रसुवास्थित हिमालयाज् स्प्रिङवाटरका मालिक सुमार्गीले प्रचण्डलाई हेलिकोप्टरमा राखेर धुञ्चे लगी आफ्नो उद्योग भ्रमण गराएयता दुवैको सम्बन्ध घनिष्ठ हुँदै गयो ।

सुमार्गीले ‘थाहा आन्दोलन’का प्रणेता रूपचन्द्र बिष्टको साख भजाउँदै स्थापना गरेको ‘रेडियो थाहा सञ्चार’ को उद्घाटन प्रचण्डले नै गरेका थिए । हुँदा–हुँदा प्रचण्ड सुमार्गीको लाजिम्पाटस्थित घरमै भाडामा बस्न थाले, जसको व्यापक आलोचना भयो ।

सुमार्गीको नेपाल स्याटेलाइटको सेवा मध्यपश्चिममा विस्तार गर्न आवश्यक विभिन्न उपकरण कार्यस्थलमा लैजान उतिबेला प्रचण्डले वाईसिएललाई परिचालन गरेबाट सुमार्गी र प्रचण्डको निकट सम्बन्धको आकलन गर्न सकिन्छ ।

राजनीतिक शक्तिकै आडमा सुमार्गी यतिबेला मुलुकका अन्य स्वदेशी पुँजीपतिको दाँजोमा धेरै गुना बढी धनी भएका छन् । सुमार्गी शान्ति प्रक्रिया प्रारम्भ भएयता काठमाडौंका विभिन्न ठाउँमा अर्बौंको अचल सम्पत्तिका मालिक भएका छन् । ०६४ पछि उनले जोडेका यी सम्पत्तिमा कुनै बेला प्रचण्ड बसेको लाजिम्पाटस्थित भवन, फ्रान्सेली दूतावासले बेचेको विशालनगरको घरजग्गा, बबरमहलको सुमार्गी बी कम्प्लेक्स, बानेश्वरको कृष्णटावर अघिल्तिरको घर, बानेश्वर चोकमा रहेको मुक्तिश्री टावर, मिनभवनको नेपाल इन्फ्राको सुपरस्टोर, तीनकुनेस्थित जग्गा रहेका छन् ।
तीनकुनेको ८ रोपनी जग्गा उनले कान्तिपुर पब्लिकेसनका प्रकाशक कैलाश सिरोहियासँग किनेका हुन्, जतिबेला सिरहिया आर्थिक संकटमा थिए । क्याप्टेन रामेश्वर थापा कान्तिपुरबाट अलग भएपछि कान्तिपुरकर्मीलाई तलब दिनसमेत धौधौ भएका बेला सुमार्गीले यो जग्गा ७० करोडमा किनेको बताइन्छ ।

शान्ति प्रक्रिया प्रारम्भ हुनासाथ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा एकजना नौलो मानिसलाई पत्रकारहरूले देख्न थाले । अन्य माओवादी नेता, कार्यकर्ता त चिनिन्थे तर प्रचण्डको बेडरुममै पुग्नसक्ने ती नौलो मानिस को हुन् भन्ने जिज्ञासा बढदै गयो । अन्ततः पत्ता लाग्यो, उनी अजय सुमार्गी नामका व्यापारी रहेछन्

बजारमा चर्चामा आयो, सुमार्गी भनेका प्रचण्डका आर्थिक माफिया हुन् । हुन पनि, सुमार्गीले यत्रो सम्पत्ति शक्तिकै आडमा जोडेको देखिन्छ । सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका सुमार्गीले ‘ट्याक्स हेवन’ मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्याण्ड्सबाट नेपालमा रकम भित्रयाएका हुन् । सम्पत्ति शुद्धीकरण स्रोतका अनुसार उनले करिब ९ अर्ब रूपैयाँ नेपालका कुनै पनि निकायबाट अनुमति नलिईकन राजनीतिक पहुँचका बलमा भित्रयाएका हुन् । उनको यो रकम अवैध पुष्टि भइसक्दा पनि राजनीतिक पहुँचका आधारमा छानबिन प्रक्रिया कमजोर बनाइएको छ ।

‘जर्साब’लाई सांसदको टिकट

शान्ति प्रक्रिया प्रारम्भ भएपछि भूमिगत जीवन त्यागी पहिलो पटक बालुवाटारमा प्रकट प्रचण्डले नेपाली सेनाको चर्को आलोचना गरेका थिए । आफ्ना जनमुक्ति सेना र लडाकुको मनोबल बढाउन उनले राष्ट्रिय सेनाको आलोचना गरेको बुझ्न सकिन्थ्यो ।

तर केही महिनापछि माओवादीमा सेनाका एक पूर्वसहायक रथीको हिमचिम प्रचण्डसँग बढेको देखियो । उनी थिए, सुनसरीका कुमार फुदोङ । माओवादीले पार्टीका इमानदार र युद्धमा लडेका नेता–कार्यकर्तालाई पाखा लगाएर तिनै पूर्वजर्नेल फुदोङलाई पहिलो संविधानसभामा प्रत्यक्षतर्फबाट सुनसरीमा उम्मेदवार बनायो ।

फुदोङ न माओवादी प्रशिक्षणबाट आएका थिए, न त उनमा कम्युनिस्ट चरित्र नै थियो । ०७४ असारमा इटहरीस्थित फुदोङको लिची बगैंचामा २९ वर्षीया रञ्जु ठकुरीको शव पोखरीमा डुबेको अवस्थामा फेला परेपछि उनले सो रहष्यमय घटनालाई दबाउने निकै कोसिस गरेका थिए ।

केही महिनापछि माओवादीमा सेनाका एक पूर्वसहायक रथीको हिमचिम प्रचण्डसँग बढेको देखियो । उनी थिए, सुनसरीका कुमार फुदोङ । माओवादीले पार्टीका इमानदार र युद्धमा लडेका नेता–कार्यकर्तालाई पाखा लगाएर तिनै पूर्वजर्नेल फुदोङलाई पहिलो संविधानसभामा प्रत्यक्षतर्फबाट सुनसरीमा उम्मेदवार बनायो

मृतक महिला फुदोङकै बगैंचामा कुनै बेला सञ्चालित रिसोर्टमा काम गर्थिन् । घटनालाई गुपचुप राख्ने कोसिस भएको भन्दै स्थानीयले फुदोङमाथि हातपातसमेत गरे । उनी घाइते भए । मृतकका बारेमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनको घरसमेत तोडफोड गरिएको थियो ।
प्रत्यक्षतर्फको निर्वाचन हारेपछि चाहिँ फुदोङले माओवादी पार्टी छाडे । प्रचण्डले विश्वास गरेका तिनै फुदोङ कालान्तरमा प्रचण्डलाई तथानाम गाली गर्दै सुनसरीतिरै जातीय राजनीति गर्ने उद्घोषसहित माओवादीबाट अलग भए । अचेल उनी राजनीतिबाट गुमनाम झैं छन् । तर फुदोङलाई पार्टीमा हुलेर र सांसदको टिकटसमेत दिएर माओवादीले त्योबेला निकै बदनामी खेप्नुपरेको मात्र थिएन, इमानदार कार्यकर्तासमेत रुष्ट भएका थिए ।

फुदोङ न माओवादी प्रशिक्षणबाट आएका थिए, न त उनमा कम्युनिस्ट चरित्र नै थियो । ०७४ असारमा इटहरीस्थित फुदोङको लिची बगैंचामा २९ वर्षीया रञ्जु ठकुरीको शव पोखरीमा डुबेको अवस्थामा फेला परेपछि उनले सो रहष्यमय घटनालाई दबाउने निकै कोसिस गरेका थिए 

पूर्वप्रधानपञ्चलाई मेयर

२०४७ सालको परिवर्तनपछि जसरी नेपाली कांग्रेस र एमालेमा पूर्वपञ्चहरूको प्रवेशको लहर चलेको थियो, माओवादीले पनि युद्धकालीन त्यागी नेता–कार्यर्तालाई पाखा लगाएर अवसरवादी र ‘दल बदलु’ चरित्रका व्यक्तिलाई पार्टीमा हुल्न थाल्यो ।

यसै मेसोमा ०७४ सालमा पूर्वप्रधानपञ्च अनिष अन्सारीलाई माओवादी अध्यक्ष प्रचण्ड आफैंले जनकपुरको एक कार्यक्रममा टीका लगाएर पार्टीमा भित्र्याए । सद्भावना पार्टीका संस्थापक महासचिव एवं पूर्वसहायकमन्त्रीसमेत रहेका अन्सारीको पार्टी प्रवेशबाट मधेशका माओवादी नेता–कार्यकर्ता रुष्ट थिए ।

त्योबेला क्रान्तिकारी पत्रकार रामरिझन यादवले भनेका थिए, ‘पार्टीमा अब दल बदलुहरूको प्रवेश सुरु भयो, यसले पार्टीमा विकृत्ति ल्याउने खतरा बढयो ।’

प्रचण्डले राजविराजका पूर्वप्रधानपञ्च अन्सारीलाई पार्टीमा हुलेनन् मात्र, ०७४ असोजमा सम्पन्न स्थानीय निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदको टिकटसमेत दिए । तर, दल बदलुहरूलाई जनताले पत्याएनन् । मेयर पदमा अन्सारीको लज्जाजनक हार भयो । उनले जम्मा ३ हजार ३ सय १६ मत मात्र प्राप्त गरे । मेयर पदमा राष्ट्रिय जनता पार्टीका शम्भुप्रसाद यादवले जिते ।

त्योबेला क्रान्तिकारी पत्रकार रामरिझन यादवले भनेका थिए, ‘पार्टीमा अब दल बदलुहरूको प्रवेश सुरु भयो, यसले पार्टीमा विकृत्ति ल्याउने खतरा बढ्यो

अन्सारीको हारका पछाडि पार्टीका इमानदार कार्यकर्ताको असहयोग पनि जिम्मेवार थियो, जसलाई पार्टी नेतृत्वले उपेक्षा गरेको थियो ।

लोकतन्त्रमा लोकमानको ‘रजगज’

शान्ति प्रक्रिया प्रारम्भपछि जब भारतसँग माओवादीको ‘टसल’ प्रारम्भ भयो, त्यसबेला प्रचण्डले भने, ‘राष्ट्रियताका लागि दरबार वरिपरिका राजावादीहरूसँग पनि मिल्नुपर्छ ।’

राजावादीहरूसँग हिमचिम बढाउने यही सिलसिलामा प्रचण्डको उठबस सुरु भयो, कट्टर राजावादी एवं विवादास्पद प्रशासक लोकमानसिंह कार्कीसँग ।

लोकमान तिनै थिए, जो राजा ज्ञानेन्द्रको शाही शासनका बेला लोकतान्त्रिक आन्दोलनविरुद्ध ज्यान छाडेर लागेका थिए । ०६३, वैशाख ११ मा संसद् पुनस्र्थापना हुनासाथ माओवादीको ‘भाटे कारबाहीका’का डरले उनी केही महिना भूमिगत नै भएका थिए ।

लोकमान तिनै थिए, जो राजा ज्ञानेन्द्रको शाही शासनका बेला लोकतान्त्रिक आन्दोलनविरुद्ध ज्यान छाडेर लागेका थिए । ०६३, वैशाख ११ मा संसद् पुनस्र्थापना हुनासाथ माओवादीको ‘भाटे कारबाहीका’का डरले उनी केही महिना भूमिगत नै भएका थिए

जब भूमिगत जीवन त्यागेर उनी खुला भए, त्यतिबेलासम्म उनले माओवादी अध्यक्ष प्रचण्डसँग ‘सेटिङ’ मिलाइसकेका थिए । नेपाल प्रहरीका पूर्वडिआइजी अशोक श्रेष्ठले नै कार्की र तात्कालीन प्रधानमन्त्री प्रचण्डबीच भेटघाटको तारतम्य मिलाइदिएका थिए ।

दरबारियाहरूलाई माओवादीसँग निकट ल्याउन त्योबेला वरिष्ठ पत्रकार जनार्दन आचार्य आदि मिलेर देशभक्त गणतान्त्रिक मोर्चा गठन गरेका थिए । यो मोर्चामा माओवादी प्रवेश गरिसकेका पूर्वअञ्चालाधिश सूर्यबहादुर सेन ओली पनि थिए । सेनमार्फत दरबारमा राजाका पूर्वअंगरक्षक (एडिसी) रहिसकेका अशोक श्रेष्ठ पनि सामेल भए । र, माओवादीनिकट यही मोर्चामा लोकमान सिंह कार्कीलाई पनि सामेल गराइयो । अब कार्की माओवादीको तारो नबन्ने भए ।

महाअभियोगको कलंक बोकेर लोकमान राज्य संयन्त्रबाट बिदा भए । अचेल लोकमान गुमनाम छन्

यी मोर्चामार्फत प्रधानमन्त्री प्रचण्ड र लोकमानको हिमचिम बढ्दै गयो । कहाँसम्म भने धर्मलाई ‘अफिम’ भन्ने मान्यता राख्ने माओवादीका अध्यक्ष प्रचण्ड त्यसैताक एक दिन लोकमानको बानेश्वरस्थित घरमा लगाइएको श्रीमद्भागवत महापुराण सुन्न र प्रसाद ग्रहण गर्न जानसमेत पछि परेनन् ।
सत्तासीनहरूको चाकडीमा माहिर लोकमानले प्रचण्डलाई कुन हदसम्म मनाउन सफल भए भने उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने चलखेल प्रारम्भ भयो । तिनताक लडाकुको राशनमा घोटाला गरेकोलगायत अनेक मुद्दामा प्रचण्डको नाम मुछिएको थियो । सुडान हतियार खरिद घोटालामा पनि सबै प्रमुख दलका मुख्य नेताहरूको ‘सेटिङ’को चर्चा थियो । उनीहरूलाई अख्तियारमा यस्तो प्रमुखको खाँचो थियो, जसले उनीहरूका अनियमितताका मुद्दाको फाइल नखोलोस् ।

यी मोर्चामार्फत प्रधानमन्त्री प्रचण्ड र लोकमानको हिमचिम बढ्दै गयो । कहाँसम्म भने धर्मलाई ‘अफिम’ भन्ने मान्यता राख्ने माओवादीका अध्यक्ष प्रचण्ड त्यसैताक एक दिन लोकमानको बानेश्वरस्थित घरमा लगाइएको श्रीमद्भागवत महापुराण सुन्न र प्रसाद ग्रहण गर्न जानसमेत पछि परेनन् 

प्रधानमन्त्री हुँदा नै प्रचण्ड अख्तियार प्रमुखमा लोकमानलाई ल्याउन चाहन्थे । यसमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला पनि सहमत थिए । तर लोकमानलाई प्रमुख आयुक्त बनाउन नपाउँदै कटवाल प्रकरणमा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्‍यो ।

तैपनि, केही समयपछि प्रचण्डकै जोडबलमा लोकमान अख्तियारको प्रमुख आयुक्त बने । तर अख्तियार प्रमुख बन्न उनको योग्यता पुग्दैनथ्यो । तात्कालीन प्रधानन्यायाधिश सुशीला कार्कीले लोकमानको योग्यता नपुगेको भन्दै नियुक्तिको फाइल मगाएकी थिइन् । तर त्योबेला पनि प्रचण्डले नै लोकमानलाई बचाए, कारबाही प्रक्रिया अघि बढेन ।

कालान्तरमा तिनै लोकमानले जब लडाकुको राशन घोटालादेखि एनसेल कर मिनाहासम्ममा नेताहरूको अनियमितताको फाइल खोल्ने संकेत देखाए, त्यसपछि भने उनीमाथि नै महाअभियोगको डण्डा देखाइयो । डा. गोविन्द केसीले त लोकमानमाथि महाअभियोग लगाउनुपर्ने भन्दै अनसन नै प्रारम्भ गरे ।

अख्तियारले ०७२ मंसिरमै अकुत सम्पत्ति छानबिनका क्रममा २८ जनाको बैंक लकर रोक्का गरिदियो । एमाले नेताहरू राजेन्द्र पाण्डे, वंशिधर मिश्र, एमालेका तात्कालीन सांसद एवं ठेकेदार इच्छाराज तामाङ, एमाले सांसद जनार्दन ढकाल, पूर्वसांसद विजय पौडेल मात्र होइन, माओवादी नेता कृष्णबहादुर महरा र पत्रकार कनकमणि दीक्षितको समेत बैंक लकर बन्द गरिएको थियो, अकुत सम्पत्तिको मुद्दामा ।

तिनताक लडाकुको राशनमा घोटाला गरेकोलगायत अनेक मुद्दामा प्रचण्डको नाम मुछिएको थियो । सुडान हतियार खरिद घोटालामा पनि सबै प्रमुख दलका मुख्य नेताहरूको ‘सेटिङ’को चर्चा थियो । उनीहरूलाई अख्तियारमा यस्तो प्रमुखको खाँचो थियो, जसले उनीहरूका अनियमितताका मुद्दाको फाइल नखोलोस् 

पत्रकार कनकमणिले गोविन्द केसीलाई उचालेर अनसन बस्न लगाएर, दलहरूले आफ्ना नेता जोगाउन लोकमानविरुद्ध महाअभियोगको अस्त्र अघि सारे । अन्ततः ०७३ कार्तिक ३ गते लोकमानविरुद्ध संसदमा १५७ सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गराए । विभिन्न ७ गम्भीर आरोपसहित सांसद महेन्द्रबहादुर पाण्डेले कार्कीविरुद्ध यो प्रस्ताव प्रस्तुत गरेका थिए भने अर्को सांसद भानुभक्त ढकालले समर्थन गरेका थिए ।

लोकमान प्रमुख आयुक्तबाट निलम्बित भए । पुस २४ गते सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदियो । महाअभियोगको कलंक बोकेर लोकमान राज्य संयन्त्रबाट बिदा भए । अचेल लोकमान गुमनाम छन् ।

केही समय ‘ज्यानकै जोखिम भएको’ भन्दै विदेश भासिएका लोकमानसँगको हिमचिमका कारण प्रचण्डको मात्र होइन, माओवादी पार्टीकै साख गिर्न पुग्यो । लोकमानलाई स्वार्थ पूरा हुञ्जेल बोक्ने र स्वार्थ पूरा नभएपछि ठोक्ने प्रचण्डको रवैया जगजाहेरै छ ।

‘अत्याचारी दमनकारी’लाई सांसद उपहार

नेपालमा एउटा यस्तो वर्ग छ, जो जुनसुकै शासन कालमा पनि सत्ताको इर्दगिर्द नै रहन सिपालु छ । राजतन्त्र होस् या गणतन्त्र, यो वर्गका मानिस कसोकसो सत्ताको निकट पुगिहाल्छन् । यस्तै एउटा पात्र हुन्, पूर्व अञ्चलाधिश सूर्यबहादुर सेन ओली, जसलाई माओवादीले पार्टीमा हुलेन मात्र, पहिलो संविधानसभामा समानुपातिक सभासद नै बनायो ।

नेपालमा एउटा यस्तो वर्ग छ, जो जुनसुकै शासन कालमा पनि सत्ताको इर्दगिर्द नै रहन सिपालु छ । राजतन्त्र होस् या गणतन्त्र, यो वर्गका मानिस कसोकसो सत्ताको निकट पुगिहाल्छन् । यस्तै एउटा पात्र हुन्, पूर्व अञ्चलाधिश सूर्यबहादुर सेन ओली

पार्टीका त्यागी, इमानदार र जुझारू नेता कार्यकर्ताको ठाउँमा मण्डले चरित्रका सेनलाई सभासद बनाएकोमा पार्टीभित्र मात्र होइन, जनस्तरमै माओवादीको आलोचना भयो । पञ्चायतकालमा सेना सगरमाथा र कोशी अञ्चलमा अञ्चलाधीश थिए । वाम र लोकतान्त्रिक आन्दोलनकारीहरूमाथि उनले चर्को दमनचक्र चलाएका थिए । अञ्चलाधीश कार्यालयमा बसेर उनी आन्दोलनकारीलाई ‘ठोक्दे’ भन्दै प्रहरीलाई आदेश दिन्थे ।

यिनको चरित्र पनि विवादास्पद रहँदै आएको छ । जेठी पत्नीमाथि सेनले चरम् यातना दिएका छन् । जेठी पत्नीतर्फकी सुस्तमनस्थितिकी एक छोरीलाई करिब दुई दशक कैलालीको घरमा बधुवा बनाएर राखेको घटना कैलालीमा अझै चर्चा हुने गर्छ ।

जेठी श्रीमतीले छोरीको उपचार गराउन आग्रह गर्दा सेनले मानेनन् । छोरीको शिक्षा दीक्षाको व्यवस्था पनि मिलाएनन् । हार खाएर अर्को विवाह गर्न बाध्य जेठी श्रीमतीसँग उनकी छोरीलाई भेट्नसमेत नदिएको बताइन्छ ।

जेठी पत्नीमाथि सेनले चरम् यातना दिएका छन् । जेठी पत्नीतर्फकी सुस्तमनस्थितिकी एक छोरीलाई करिब दुई दशक कैलालीको घरमा बधुवा बनाएर राखेको घटना कैलालीमा अझै चर्चा हुने गर्छ 

कान्छी श्रीमतीसँग रमाएका सेनको कर्तुत उजागर भएपछि महिला आयोगकी तत्कालीन अध्यक्ष दुर्गा पोखरेलले काठमाडौंबाटै महिला प्रहरी कैलाली पठाइन् र उनको घरमा छापा मार्न लगाइन् । त्यहाँ बन्धक बनाएर राखिएकी छोरीको उद्धार भयो । छोरीलाई अनुराधा कोइरालाले माइती नेपालमा शरण दिइन् ।

यस्ता नैतिकहीन, मण्डले, आपराधिक चरित्रका सूर्यबहादुर सेन ओलीलाई प्रचण्डले माओवादीमा प्रवेश गराए, महान राष्ट्रवादी भन्दै । आफ्नै छोरी र जेठी श्रीमतीमाथि अत्याचार गर्ने र लोकतन्त्रवादीमाथि दमनको डण्डा चलाउने सेनजस्ता पात्रलाई असल देख्न थालेपछि नै माओवादी अध्यक्षका आँखाले असललाई खराब र खराबलाई असल देख्न थालेका हुन्, जसले गर्दा माओवादीका असल नेता–कार्यकर्ता पाखा लाग्दै गए, खराब, भ्रष्ट, बेइमान, आपराधिक चरित्रका मानिसहरू काखा हँुदै गए । माओवादी स्खलनको एउटा मुख्य कारण यही हो ।

असन्तुष्टहरूको पछिल्लो विद्रोह

केही साताअघि कञ्चनपुरमा माओवादी केन्द्रले मसालले कारबाही गरिसकेका केही व्यक्तिलाई ‘पार्टी एकता’का नाममा भित्र्यायो । तर यो घटनाले कार्यकर्तामा खुसीको लहर सिर्जना गर्नुको साटो उल्टै निराश बनायो ।

माओवादी केन्द्रका असन्तुष्ट अगुवा कार्यकर्ताले कञ्चनपुरमा एक भेला आयोजना गर्दै विद्रोहको चेतावनी नै दिए । माओवादीका पूर्वकेन्द्रीय सदस्य खड्क बस्नेत, पूर्वजिल्ला इञ्चार्ज वीरबहादुर राजवंशी, पूर्व संविधानसभा सदस्य कमल क्षेत्री, नेताहरू रामबहादुर गुरुङ, विपिन दहित, गगन विक, मीनराज गिरी, पूर्व जनमुक्ति सेनाका डिभिजन कमाण्डर रक्तविज, आदर्शलगायतको सो भेलाले ठहर गर्‍यो, ‘पार्टीमा ज्यानको जोखिम मोल्दै अहोरात्र खटिने त्यागी र पुराना कार्यकर्तालाई पाखा लगाउँदै नवप्रवेशीहरूलाई अगाडि बढाउन खोजिएकोमा हाम्रो गम्भीर आपत्ति छ ।’

माओवादीमा पुराना त्यागी पाखा परिरहने र नवप्रवेशीहरूको बोलबाला भइरहने हो भने यस्तो विद्रोह देशव्यापी रूपमा हुन नसक्ला भन्न सकिन्न

यो भेला भइरहँदा यता काठमाडौंमा माओवादी केन्द्रको आठौं महाधिवेशन चलिरहेको थियो । गत पुस ९ गते माओवादीले मसालबाट कारबाहीमा परेका केही जिल्लास्तरका कार्यकर्तासँग राजधानीमा ‘पार्टी एकता’ गरेपछि यो असन्तुष्टि छताछुल्ल भएको थियो ।

कञ्चनपुरको कलुवापुरमा भएको ४१ जना सम्मिलित असन्तुष्ट समूहको भेलाले नेताको चाकडी गर्ने लोभीपापीहरूकै पार्टीमा हालीमुहाली हुन थालेको ठहर गर्दै कार्यकर्ताको त्याग र इमानदारिताको अवमूल्यन भइरहेकोप्रति खेद व्यक्त गरेको थियो । उनीहरूले आफ्नो असन्तुष्टि पार्टी केन्द्रमा पठाइसकेका छन् ।

माओवादीमा पुराना त्यागी पाखा परिरहने र नवप्रवेशीहरूको बोलबाला भइरहने हो भने यस्तो विद्रोह देशव्यापी रूपमा हुन नसक्ला भन्न सकिन्न ।