जनमोर्चाकी दुर्गा पौडेल भन्छिन्, ‘महाभियोग दर्तापछि मात्रै हामीलाई थाहा दिइयो’

काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरिएको छ ।
सत्तारूढ दलका सांसदले केहीबेर अघि बिहान ११ बजेर १० मिनेट जाँदा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
सत्ता गठबन्धनको नेतृत्व गरिहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदले महाभियोग दर्ता गराएका हुन् । जसमा ९८ सांसदले हस्ताक्षर छ ।
तीन दलले गठबन्धनका घटक जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका नेताहरूसँग भने छलफल नै नगरी महाभियोग लगाइएको बताइएको छ ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आफूहरूसँग छलफलै नगरी तीन दलका सांसदले प्रधानन्याधीशलाई महाभियोग लगाएको बताइन् ।
‘महाभियोग लगाउनुअघि हामीसँग कुनै छलफल भएको थिए । । दर्ता गराएपछि मात्रै हामीलाई जानकारी दिइयो’, नेपालवाचसँग कुरा गर्दै उनले भनिन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया