जनमोर्चाकी दुर्गा पौडेल भन्छिन्, ‘महाभियोग दर्तापछि मात्रै हामीलाई थाहा दिइयो’
काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरिएको छ ।
सत्तारूढ दलका सांसदले केहीबेर अघि बिहान ११ बजेर १० मिनेट जाँदा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
सत्ता गठबन्धनको नेतृत्व गरिहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदले महाभियोग दर्ता गराएका हुन् । जसमा ९८ सांसदले हस्ताक्षर छ ।
तीन दलले गठबन्धनका घटक जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका नेताहरूसँग भने छलफल नै नगरी महाभियोग लगाइएको बताइएको छ ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आफूहरूसँग छलफलै नगरी तीन दलका सांसदले प्रधानन्याधीशलाई महाभियोग लगाएको बताइन् ।
‘महाभियोग लगाउनुअघि हामीसँग कुनै छलफल भएको थिए । । दर्ता गराएपछि मात्रै हामीलाई जानकारी दिइयो’, नेपालवाचसँग कुरा गर्दै उनले भनिन् ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया