सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।
सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको छ ।
सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया