आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबु १५ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ ।
उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट पक्राउ परेका हुन् ।
प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार २०६३ साल वैशाख १९ गते साविक ठूलो सिरुवारी वडा नं १, हाल चौतारा साँगाचोकगढी नगरपालिका– १३ स्थित सल्लाघारी जङ्गलमा नाबालिका छोरीलाई जबरर्जस्ती करणी गरी दुलाल फरार भएका थिए ।
जिल्ला अदालतको सोमबारको आदेशले पूर्पक्षको लागि उनीलाई जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया