NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबु १५ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ ।

उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट पक्राउ परेका हुन् ।

प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार २०६३ साल वैशाख १९ गते साविक ठूलो सिरुवारी वडा नं १, हाल चौतारा साँगाचोकगढी नगरपालिका– १३ स्थित सल्लाघारी जङ्गलमा नाबालिका छोरीलाई जबरर्जस्ती करणी गरी दुलाल फरार भएका थिए ।

जिल्ला अदालतको सोमबारको आदेशले पूर्पक्षको लागि उनीलाई जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष