एमसिसीबारे छलफल गर्न गठबन्धन दलको बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) बारेको छलफलमा आज पनि सत्ता साझेदार दल जुट्ने भएका छन् । यसबारे मतैक्यता निर्माण गर्ने प्रयत्नले आकार लिन नसकेपछि आज पनि सत्ता साझेदार दल छलफलमा बस्न लागेका हुन् ।
बैठक दिउँसो ३ बजे बस्ने छ ।
एमसिसीलाई लिएर सत्ता साझेदार दलबीच तीव्र विवाद छ । नेपाली कांग्रेस संसद्बाट पास गरिहाल्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनपछि मात्रै अनुमोदन हुनुपर्ने अडानमा छन् । माओवादीले त यही अवस्थामा एमसिसी प्रतिनिधिसभामा पेश गरिएमा सरकारबाटै बाहिरिने चेतावनी दिइसकेको छ । केही दलचाहिँ एमसिसी खारेज नै हुनुपर्ने लाइनमा छन् ।
एमसिसी प्रस्ताव बुधबार नै प्रतिनिधिसभामा पेश गर्ने तयारी थियो । तर सत्ता साझेदार दलबीचको मतान्तरकै कारण स्थगित भएको छ ।
प्रतिनिधिसभाको आगामी बैठक भोलि (शुक्रबार) का लागि तय गरिएको छ । जसमा सहमति जुटाएर एमसिसी प्रस्ताव पेश गर्ने सरकारको तयारी छ ।
ताजा अपडेट
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
-
रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न माओवादीद्वारा सरकारको ध्यानाकर्षण
-
एक सातामा थपिए ८६ जना डेंगु सङ्क्रमित
प्रतिक्रिया