NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

युवा मोर्चा र साँस्कृतिक मञ्च पनि राप्रपा छोडेर राप्रपा नेपालतिर

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भ्रातृ संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालतिर जाने क्रम जारी छ ।

यसैबीच, राष्ट्रिय युवा मोर्चा र राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्चले राप्रपा परित्याग गरी राप्रपा नेपालमा गएको घोषणा गरेका छन् ।

No description available.

यी दुई भ्रातृ संगठनले हालै छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफूहरू थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको बताएका छन् ।

यसअघि, राप्रपाको महिला संगठन र विद्याथीं संघले पनि राप्रपा नेपालमा समाहित भएको घोषणा गरेका थिए ।

No description available.