NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

बझाङमा नुहाउने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु

सुनिल मण्डेल (बझाङ) – बझाङको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

बझाङको सदरमुकाम चैनपुरमा एसइईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौन घर भएका अन्दाजि १७ बर्षिया कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बिहिबार दिउँसो बाहुली खोलामा नुहाउन गएका बोहरालाई डुबेको स्थानियले देखिपछि स्थानियहरूले उदार गरि उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्याइएको र उपचारको क्रममा बोहराको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर लोकेन्द्र सिंह कार्कीले बताए ।